यी हुन् मौद्रिक नीतिको प्राथमिकता
काठमाडौँ- सरकारले आज शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि नीति सार्वजनिक गरेको हो । नीतिमा विभिन्न क्षेत्रलाई समेटेर प्राथमिकता छुट्याइएको छ ।
- वित्तीय स्रोत परिचालनको दायरा फराकिलो बनाउँदै उपलब्ध वित्तीय साधनलाई उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना, उद्यमशिलता विकास तथा दीगो समावेशी विकास हासिल गर्ने तर्फ परिलक्षित गरिनेछ ।
- ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयनमार्फत ब्याजदर स्थायित्व रहने गरि तरलता कायम गरिनेछ ।
- वित्तीय क्षेत्रको विकास र स्थायित्वका लागि बैंक तथा वित्तीय क्षेत्रहरूमा सुशासन प्रवर्धन तथा सुदृढीकरण गरी वित्तीय मध्यस्तताको कार्यलाई कुशल बनाइनेछ ।
- भुक्तानी कारोबारमा विद्युतीय माध्यमको प्रयोगलाई प्रवर्धन गरी नगद कारोबारलाई न्यूनिकरण गरिनेछ ।
- आर्थिक २०७८/७९ मा औषत मुद्रास्फिती दर ६.५ प्रतिशतभित्र सीमित राख्नुका साथै आर्थिक पुनरुत्थानलाई निरन्तरता दिँदै तरलता व्यवस्थापन गरिनेछ ।
- कम्तिमा सात महिनाको वस्तु तथा सेवा धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गरिनेछ ।
- प्रचलित मूल्यको कूल गार्हस्थ उत्पादनलाई मौद्रिक प्रक्षेपणको आधारको रुपमा लिई विस्तृत मुद्रा प्रदायको विस्तार १८ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा विस्तार १९ प्रतिशत हुने प्रक्षेपण छ

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_FXk3yVYJJl_cbfcwj1s7raiikcntev1kfkfwosy8zwrkoh1dhmvluswycyryere96nc0rzo.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

प्रतिक्रिया