नाम्जे हुँदै सगरमाथा आधार शिविर जाने पदमार्ग खुल्यो

विराटनगर - साउनको पहिलो साता आएको भिषण पहिरोले क्षतिग्रस्त भएको सोलुखुम्बुस्थित सगरमाथा आधार शिविर जाने मुख्य पदमार्ग अस्थायी रुपमा खुलेको छ । साउन ३ गते रातीको बर्षापछि खसेको पहिरोले क्षतिग्रस्त भएको खुम्बु पासाङल्हामु गाउँपालिका–३ टोकटोकदेखि बेङकरसम्मको पदमार्ग बगाएको थियो । पहिरोले उक्त खण्ड बगाएपछि नाम्जे हुँदै आधार शिविर हिडेका पर्यटक र भरियाहरू लुक्ला फर्किन बाध्य भएका थिए ।
पहिरोले बगाएको सडक खण्डलाई आंशिक रुपमा त्यतिबेलै संचालन गरिएपनि भारी बोकेर ओहोर दोहोर गर्न कठिनाइ हुँदै आएको थियो । वडा नम्बर ३ का वडाध्यक्ष मिङ्मा छिरी शेर्पाले भत्किएको खण्ड तत्कालै मर्मत गर्न नसकिने भएकोले त्यस ठाउँमा पुल बनाउन सकिने सम्भावनाबारे गाउँपालिकाको प्राविधिकसहितको टोली अध्ययन गरिरहेको जानकारी दिए ।
‘प्राविधिकसहित दुई दिनअघि त्यहाँ पुगेर बाटो खोल्न सकिने सम्भावनाबारे हेरेर अहिले फर्किँदैछु’ वडाध्यक्ष शेर्पाले भने, ‘अहिले वैकल्पिक मार्ग खोलेका छौं, मान्छे आउन जानलाई अब समस्या छैन, भारी बोक्नेलाई आधा घण्टाजति लामो पर्छ । उनले पहिरो गएको स्थानमा पुल नहाली पुर्ववत् रुपमा बाटो खुलाउन नसकिने जानकारी दिए ।
गाउँपालिकाले पर्यटक र भरियाहरूलाई पहिरो गएको पुरानो बाटो प्रयोग नगर्न जानकारी गराइरहेको बताए । त्यहाँ चारसय मिटर माथिबाट खसेको पहिरोले पदमार्ग बगाएको थियो । पदमार्ग बगाएपछि लुक्लाबाट नाम्जे आवत–जावत कठिनाई भएको थियो । नेपाल प्रहरी र स्थानीय मिलेर पदमार्ग खोल्न प्रयास गरेपनि पूर्ण रुपमा पुरानो बाटो संचालन हुन सकेको छैन ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_vWlqEt9FLr_ec9pqixly1kgom3ep2pjtrnfptdza4bnvbibnyn3jpwdihb0cwcohw3fjvyo_bsHVOqRRnI_n6xegkogtx2wdbmmc8jethyg8exid1cgpgdrrboptss1yv9zfc4ze15hprgo_mSTxVGeqDv_y8gpqmkdh8vjgulqnbhqchqj03mhmipvaw5wluibfxbxuruoa5ae6zadcgdt_hLvLDIc6uR_ajga7evxtu9wkxavtpe0zptggylzk6huyhw8wfz0dxdfia8llueelwsyyefe.jpg)
कञ्चनजङ्घा पदमार्गको पुल बाढीले बगायो

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

शुक्लाफाँटा निकुञ्जमा सफारी बन्द

ढाक्मरका राताम्मे पहाड र गुफाले पर्यटक लोभ्याउँदै

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

प्रतिक्रिया