त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफन्तलाई विदाइ गर्न जान नपाइने

काठमाडौँ- अबदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफन्तलाई विदाइ गर्न जान नपाइने भएको छ । कोभिड-१९ को जोखिम उच्च रहेकाले विमानस्थल परीसरमा आफन्तलाई विदाइका लागि जान रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानस्थलमा आवतजावत गर्दा अनिवार्य मास्कको प्रयोग र स्यानीटाइजरको प्रयोगलाई उच्च प्राथमिकतामा राख्न प्राधिकरणले अनुरोध गरेको छ । यात्रुले टर्मिनलभित्र तापक्रम परीक्षण गरेर मात्र प्रवेश गर्नुपर्नेछ ।
लाइन लाग्दा भिडभाड नगरी तोकिएको मार्किङ गरिएको ठाउँमा मात्र उभिनुपर्ने प्राधिकरणले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उभिँदा वा लाइन लाग्दा अनिवार्य सामाजिक दूरी कायम गर्नुपर्ने उल्लेख गरिएको छ ।

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल

जैविक विविधता अनुगमनका लागि क्यामेरा र जिपिएस उपकरण जडान

आजदेखि धरहरा १२ घण्टा खुल्ने

प्रतिक्रिया