चार दलीय गठबन्धनलाई सघाउने दुई सांसदलाई एमालेले थाल्यो कारबाही

बुटवल - नेकपा एमालेले लुम्बिनी प्रदेशका दुई जना सांसदलाई कारबाहीका लागि प्रक्रियाअगाडि बढाएको छ। चार दलीय गठबन्धनलाई सघाएको भन्दै एमालेले दुई सांसदलाई कारबाहीका लागि प्रक्रियाअगाडि बढाएको हो । नवलपरासीका सांसद अजय शाही र दाङकी सांसद विमला वलीले नयाँ सरकार बनाउन दाबी गरेको निवेदनमा हस्ताक्षर गरेको भन्दै एमालेले कारबाही प्रक्रियाअघि बढाएको हो ।
शाहीलाई लिखित स्पष्टीकरण सोधिएको छ । वलीलाई पार्टी अध्यक्ष केपी ओलीले पठाएको स्पष्टीकरण यसअघि नै बुझाइएको एमाले सचेतक भूमिश्वर ढकालले बताए । सांसद वलीलाई यसअघि स्पष्टिकरण सोधिए पनि चित्तबुझ्दो जवाफ नआएपछि कारबाहीको प्रक्रियाअघि बढाएको ढकालले बताए ।
नवलपरासी पश्चिम–१ ख बाट सूर्य चिन्हबाट चुनाव जितेका शाही चार दलीय गठबन्धनको सरकारमा विनाविभागीय मन्त्रीमा नियुक्त भएका छन् । उनले आफू स्वतन्त्र सांसद भएको भन्दै कारबाहीको अर्थ नभएको बताए । एमालेले कारबाही गर्ने तयारी गरेको वलीले यसअघि नै पत्रकार सम्मेलन गरी आफूले माओवादी रोजेको जानकारी गराएककी थिइन् । प्रदेश सभा सचिवालयमा उनको विवरणमा दल माओवादी केन्द्र उल्लेख छ ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया