‘भाँडाकुटी’ खेल्दै मुकन र बेनिशा

काठमाडौं : दुई वर्ष अघि प्रदर्शन भएको ‘घर’ पछि अभिनेत्री बेनिशा हमालले बल्ल नयाँ फिल्म साइन गरेकी छिन् । शनिबार घटस्थापनाको दिन पारेर घोषणा गरिएको फिल्म ‘भाँडाकुटी’मा बेनिशा मुख्य अभिनेत्रीको रुपमा देखिनेछिन् । फिल्ममा मुकुन भुषाल उनको जोडीको रुपमा रहनेछन् ।
दृष्यमाला सिनेमाले बनाउन लागेको यो सिनेमालाई किरण बिकले निर्देशन गर्न लागेका हुन् । उनले फिल्मले विवाह सम्बन्धी चार कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने दाबी गरे । ‘विवाहलाई केन्द्रमा राखेर बुनिएका चार कथा फिल्ममा प्रस्तुत हुनेछन् । फिल्मले बच्चादेखि बयस्कसम्मका कथा भन्नेछ,’ किरणले भने ।
फिल्मको लेखक किरण विकले नै गरेका छन् भने कलम खड्का फिल्मका निर्माता हुन् । फिल्म निर्माणको घोषणा घटस्थापनामा भएपनि फिल्म फागुनबाट मात्रै छायांकनमा जाने निर्माण पक्षले जानकारी गराएको छ । यो चलचित्रलाई निशल पौडेलले खिच्नेछन् । फिल्ममा महावीर विश्वकर्मा, शेखर सुवेदी, रिजेन थापा आदि कलाकारको पनि अभिनय रहनेछ । फिल्मको छायांकन बुटबलमा गरिने पनि निर्देशक बिकले जानकारी गराएका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया