बङ्गलादेशमा महामारीका कारण बन्द पर्यटकीय गन्तव्य खोलिने

ढाका- बङ्गलादेश सरकारले अगष्ट १९ देखि पर्यटकीय गन्तव्य पुनः खोल्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटकीय स्थल, रिसोर्टका साथै मनोरञ्जन केन्द्रलाई आधा क्षमतामा सञ्चालन गर्न दिने निर्णय लि एको हो ।
पुनः सञ्चालनमा आउने सबै संस्था तथा स्थलहरूमा स्वास्थ्य निर्देशिकाको कडाइसँग पालना गर्नुपर्ने बताइएको छ ।
सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा प्रोटोकलको पालना सुनिश्चित गर्न सम्बन्धित अधिकारीहरुलाई आग्रह गरिएको छ । सरकारले मास्क लगाउने, स्वास्थ्य सतर्कता अपनाउने र सामाजिक दूरी कायम गर्नेजस्ता नियमलाई कडाइका साथ पालना भए नभएको अनुगमन गर्नेछ ।
परिपत्र अनुसार, कोभिड-१९सुरक्षा नियमको उल्लङ्घन गरेमा सरूवा तथा सङ्क्रामक रोग नियन्त्रण कानून अनुसार जरिवानादेखि जेल सजायसम्म हुने बताइएको छ ।
बङ्गलादेशले लकडाउनसम्बन्धी धेरै जसो प्रतिबन्ध हटाएको एक दिनपछि यो घोषणा भएकमो हो । बङ्गलादेशमा सार्वजनिक यातायात, कार्यालय र व्यापारिक बजार पुनः खोल्न अनुमति दिइएको छ ।
जूनदेखि कोभिड-१९ सङ्क्रमणका घटनामा भएको वृद्धिका कारण सरकारले जुलाई १ देखि जुलाई १४ सम्म कडा लकडाउनको घोषणा गरेको थियो । तर सङ्क्रमण दरमा कमी नदेखिएपछि यसलाई विभिन्न चरणमा गरेर अगष्ट १० सम्मका लागि लागु गरिएको थियो ।
बङ्गलादेश सरकारले बुधबार चीनबाट सिनोफर्म कोभिड-१९ विरूद्धको खोपको ताजा परिणाम समूह खरीद गर्न अनुमति दिएको छ भने देशव्यापी बृहत् खोप अभियान सुरु गरिएको छ । (सिन्ह्वा)

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया