मनाङमा सेनाले गर्यो काखे बालकको उद्धारदेखि काठेपुल निर्माणसम्म
काठमाडौँ - जेठ, असार र साउनमा अविरल वर्षाका कारण मनाङ जिल्लामा आएको बाढी पहिरोले निम्त्याएको विपद्मा नेपाली सेनाले परिणामुखी उद्धार र राहतका काम गरेको बताएको छ ।
जेठ र साउनबीचमा अविरल वर्षाका कारण आएको बाढी पहिरोले जिल्लाको चारवटै गाउँपालिकामा निम्त्याएको विपद् व्यवस्थापनमा सेनाले चुस्त ढंगले उपस्थिति जनाएको दाबी गरेको छ ।
पहिरोका कारण जिल्लाका राष्ट्रिय सडक सञ्जाल अवरुद्ध भएको र घरहरूमा क्षति पुगेको अवस्थामा सेनाले राहत र उद्दार कार्यलाई परिणाममुखी बनाएको सेनाले जनाएको छ ।
‘१४ जेठमा सदरमुकाम चामे बजारस्थित पक्की पुलमुनिको अवरोध हटाई घट्टे खोलाको पानी साविकबमोजिम बगाइएको हो । उक्त बाढी स्थानीयबासीका १५ वटा घरमा पसेको थियो । सोही क्रममा हामीले घट्टे खोलामा तत्कालै अस्थायी काठे पुल निर्माण गरी आवत जावतलाई सुचारु गरायौं,’ नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौड्यालले भने,‘१५ जेठमा नयाँबजार इलाकाको स्थानीय तिलिचो होटल र न्यू होटल कर्मामा बाढीको कारण जम्न गएको करिव ३ फिट बलौटे माटो हटाई होटललाई साविककै अवस्थामा ल्याइयो ।’
बाढी पहिरोको उच्च जोखिममा रहेको सदरमुकाम चामे बजारक्षेत्रका ३ सय जनालाई दुई दिनसम्म खाना तथा खाजाको व्यवस्थासहित जिल्ला कारागारको नयाँ भवनमा सुरक्षित राखेको सेनाले बताएको छ ।
‘१ असारमा नै हामीले चामे गाउँपालिका ४ मा रहेको सिटिजन्स बैंक रहेको घरमा बाढी पस्ने सम्भावना देखेपछि त्यहाँका महत्वपूर्ण कागजाद तथा नगद रकम सुरक्षित साथ राखेर सामान्य अवस्था आएपछि फिर्ता गरियो,’ उनले भने ,‘चामेमा बाढी तथा पहिरोबाट विस्थापितहरूको लागि रेडक्रसबाट प्राप्त भएका टेन्ट तथा अन्य राहत सामग्रीहरू वितरण गर्नका साथै जिल्ला कारागारको भवनअगाडिको खुल्ला ठाँउमा टेन्टहरू टाँगी ४ सय जनाको लागि बासस्थानको व्यवस्था गरियो ।’
यस्तै नासों गाउँपलिकास्थित सिरान ताल इलाकाका दुईजना काखेबालकसहित २४ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सेनाले जनाएको छ । साथै नासों गाउँपालिका – ५ स्थित गुम्बामा रहेका ११ जनालाई सकुशल उद्धार गरी चामेको सुरक्षित स्थानमा ल्याएको प्रवक्ता पौड्यााले जानकारी दिए ।
सोही गाउँपालिकाको वडा नम्बर ८ स्थित ताचैबाट ३३ जनाको उद्धार गरी चामेको सुरक्षित स्थानमा ल्याएको साथै नासों ८ ताचैबाट २६ जनालाई दानाक्युको सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सेनाले जनाएको छ ।
‘हेलिकप्टरबाट उद्धार टोलीले नासों गाउँपालिमन वडानम्बर ४ स्थित ओडारे र वडा नम्बर– १ तालबाट २१ जनाको उद्धार गरी चामेको सुरक्षित स्थानमा ल्यायौं,’ उनले भने, ‘चामे गाउँपालिका वडा नम्बर ४ मा रहेको स्यालकु खोलामा नयाँबजार कोतोतर्फ आवत–जावत गर्ने दुई वटा अस्थायी काठेपुल निर्माण गरी आवागमन सहज बनाइयो ।’
घट्टेखोलामा अस्थायी पुल निर्माण तथा बाटोको मर्मत गरी आवागमन सहज बनाएको साथै सैनिक श्रीमती संघको पहलमा नेपाली सेना सम्भाररथी विभाग, कल्याणकारी योजना निर्देशनालय र सैनिक श्रीमती संघबाट प्राप्त भएका विभिन्न राहत सामग्रीहरु चामे गाउँपालिकाका जनप्रधिनिधिहरू र जिल्ला राहत संकलन तथा वितरण उपसमितिको समन्वय मा ६० घरका दुई सय पीडितलाई वितरण गरेको सेनाले जनाएको छ ।
मर्स्याङ्दी नदीमा रहेको बेलीब्रिजमा बाढीका कारण भएको अवरोध हटाएको पनि सेनाले जनाएको छ ।
‘नदिले बगाएर ल्याएका रूख तथा काठ थुप्रन गई पानीको वहाव पुलको दक्षिणतर्फ रहेको लोकप्रिय मा।वि।को प्रांगणबाट बगिरहेकोमा १४ साउनमा अन्य सुरक्षा निकाय तथा स्थानीयहरू समेतको सहयोगमा अवरोध हटाई नदिको बहाव साविकको स्थानबाट गरायौं,’ उनले भने ।
यस्तै १५ साउनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीयसँग सहकार्य गरी चामे गाउँपालिका वडा नम्बर ४ स्थित स्याल्कु खोलामा र १६ साउनमा वडा नं। ३ स्थित घट्टे खोलामा मोटरेबल काठे पुल निर्माण गरियो,’ उनले भने ।
‘विभिन्न मन्त्रालय तथा सरोकारवाला निकायहरूले दिएका राहतका सामग्री वितरणका लागि नेपाली सेनाको हवाई साधनहरू निरन्तर खटिइरहने छन्,’ उनले भने, ‘आजको मितिसम्म विभिन्न मन्त्रालयहरु तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा ८० बढी उडान भइसकेको छ भने अरू थप उडानको योजना भइरहेको छ ।’
जेठ, असार र साउनमा मनाङमा सबै प्रकारका गरी २० वटा पुलमा क्षति पुगेको सेनाले जनाएको छ । विभिन्न सरकारी कार्यालय, विद्यालय, लघु जलविद्युत आयोजना तथा निजी कार्यालयहरुमा ठुलो क्षति पुगेको सेनाले जनाएको छ ।
बाढी पहिरोका कारण कुनै मानविय क्षति नभए पनि बाढी तथा पहिरोको कारण भएको क्षतिको आधारमा सरकारले मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
बाढी पहिरोका कारण २० वटा पुल बगाएको, चामे–बेशिसहर सडकखण्डमा क्षति पुर्याएको, चामेमा रहेको लोकप्रिय माविका ३ वटा भवन र प्रांगणको पुर्णभागमा क्षति पुगेको साथै चामेमा रहेको स्याल्कु खोलामा रहेको जलविद्युतको भवन तथा हुलाक कार्यालयको भवनमा क्षति नासों गाउँपालिका कार्यालयको भवन, इलाका प्रहरी कार्यालयको भवन तथा प्रभु बैंक र प्राइम कमर्सियल बैंक रहेको भवनमा क्षति पुगेको सेनाले जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया