राप्रपा अध्यक्ष कमल थापाको पुस्तक विमोचन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाद्वारा लिखित ‘एक पटकको सैनिक जीवनभरको सैनिक’ नामक पुस्तक सार्वजनिक भएको छ । काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति पूर्णचन्द्र थापाले पुस्तक विमोचन गरेका हुन् ।
अध्यक्ष थापाले आफ्नो जीवनयात्राको आदर्श र प्रेरणादायी व्यक्तित्व पिता अर्थात् अवकाशप्राप्त कर्णेल छत्रबहादुर थापाकाबारेमा पुस्तक लेखेका हुन् । छत्रबहादुर थापा स्मृति ट्रष्टको वार्षिकोत्सवको अवसर पारेर पुस्तक सार्वजनिक गरिएको बताइएको छ ।
पुस्तकमा लेखक थापाले तत्कालीन नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशको चित्रण गर्दै आफ्ना पिताको जीवनकालमा घटेका घटनालाई समेटेका छन् । पुस्तकमा छत्रबहादुर थापाको विश्वयुद्धमा सहभागिता, राणा प्रधानमन्त्री मोहनसमशेर र राजा महेन्द्रसँगको समीप्य तथा पञ्चायतकालका अनुभवहरू पनि रहेका छन् ।

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

प्रतिक्रिया