पीएसजीमा मेस्सीको अभ्यास सुरु

काठमाडौँ- लियोनल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग आबद्ध भएको दुई दिन मात्रै भयो । तर उनले नयाँ क्लबमा अभ्यास सुरु गरिसकेका छन् । फ्रान्सेली अखबार एल एक्यिुपेलाई उदृत गर्दै रोयटर्सले मेस्सीले बिहीबार अभ्यास गरेको लेखेको छ ।
बार्सिलोनासँग नयाँ सम्झौता नभएपछि पीएसजी पुगेका मेस्सी कोपा अमेरिका एक महिनापछि मैदान फर्केका हुन् । कोपा अमेरिकापछि मेस्सी मैदानमा देखिएका थिएनन् । उनी अभ्यास मैदान अन्य खेलाडी भन्दा दुई घण्टा अघि नै पुगेका थिए । त्यहाँ उनले प्रशिक्षण टोलीका सदस्यहरुसँग कुरा गरेका थिए । छ पटक बालोन डोर जितेका मेस्सीले पीएसजीका खेलाडीहरूसँग अभ्यास गरे वा एक्लै गरे भन्ने चाँहि स्पष्ट छैन ।
नयाँ सिजनको आफ्नो पहिलो खेलमा पीएसजीले शनिबार राति स्ट्रासब्रोको सामना गर्दैछ । त्यस खेलमा मेस्सी भने अनुपस्थिति रहने बताइएको छ । बरु अगस्ट २९ मा रिम्ससँग हुने खेलमा भने मेस्सी पीएसजीको टिममा हुने सम्भावना रहेको बताइएको छ ।
बार्सिलोनासँगको १७ वर्ष लामो करियर टुंगाउँदै मेस्सी ‘फ्रि–एजेन्ट’का रुपमा पीएसजी पुगेका हुन् । बार्सिलोनाका सर्वकालिन उच्च गोलकर्ता रहेका मेस्सीले त्यहाँ १० ला लिगा र चार च्याम्पियन्स लिग जिते ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया