बीपी प्रतिष्ठानमा अख्तियारको छापा, कागजात नियन्त्रणमा

विराटनगर - आर्थिक अनियमितताको आशंकामा अख्तियारको टोलीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ । अख्तियारको केन्द्रीय र सुनसरीको इटहरीस्थित कार्यालयको संयुक्त टोलीले बिहीबार अपरान्ह छापा मारेको हो ।
अनुसन्धानका क्रममा प्रतिष्ठानमा छापा मारिएको इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले पुष्टि गरे । उनले प्रतिष्ठानमा अनियमितता भएका बिषयमा उजुरीहरु धेरै परेकोले आयोगले नियमित कामकै रुपमा काजगातहरु नियन्त्रणमा लिएको बताए ।
‘अनियमितताका बिषयमा उजुरीहरु परेपछि केन्द्रीय कार्यालय टंगाल र इटहरी कार्यालयबाट टोली त्यहाँ गएर बरामतिको काम गरेको हो’ उनले भने, ‘उजुरी परेपछि नियमित कामका रुपमा गर्नुपर्ने काम गरिएको हो, हाम्रा साथीहरु त्यहाँ गएर काजगातहरु नियन्त्रणमा लिएर राख्नु भएको छ ।’
उजुरीहरुको छानबिनका लागि र प्रमाणहरु जम्मा गर्नु काजगाज नियन्त्रणमा लिएर गोप्य रुपमा अनुसन्धान अघि बढाइएको सहायक प्रवक्ता भण्डारीले जानकारी दिए । छानबिनका लागि अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट प्रहरी बरिष्ठ उपरीक्ष (एसएसपी) टेकबहादुर तामाङसहित ५ जनाको टोली खटिएको जनाइएको छ ।
उक्त टोलीले प्रतिष्ठानबाट भएका एमआरआई, सिटी स्क्यान खरिद, भवन निर्माण लगायतका मेसिन औजार एवं स्वास्थ्य उपकरण तथा अन्य खरीद सम्बन्धि कागजातहरु नियन्त्रणमा लिएको प्रतिष्ठान स्रोतले जनाएको छ । प्रतिष्ठानका पदाधिकारीहरुको प्रत्यक्ष संलग्नतामा अनियमितता भइरहेको भन्दै कार्यरत चिकित्सक तथा अध्ययनरत विद्यार्थीहरुले एक महिनायता आन्दोलन गरेका थिए ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया