रोमानीयामा आइतबार संसदीय निर्वाचन

बुखारेस्ट : पूर्वी युरोपेली मुलुक रोमानीयामा आइतबार संसदका लागि आमनिर्वाचन हुँदैछ । कोरोनाभाइरस महामारी नियन्त्रणका लागि सरकारको प्रयासलाई लिएर आलोचना भइरहे पनि वर्तमान युरोपेली पक्षधर सरकारले नै विजय हासिल गर्ने अनुमान गरिएको छ ।
चुनावका लागि मतदान केन्द्रहरु बिहान ७ बजेदेखि साँझ ९ बजेसम्म खुला रहने निर्वाचन आयोगले जनाएको छ । चुनावको पहिलो नतिजा अबेर रातिसम्ममा प्राप्त हुने अपेक्षा गरिएको छ ।
मतदान केन्द्रहरुमा कोरोनाभाइरसबाट सचेतता अपनाउन सामाजिक दूरी, मास्क लगाउने र हातधुने विधि अपनाइने आयोगले जनाएको छ ।
पछिल्ला केही समयदेखि राष्ट्रवादीहरु लोकप्रिय नारा दिएर चर्चामा रहेपनि उदारवादी प्रधानमन्त्री लुडोभिक ओर्बानले युरोपकै सबैभन्दा गरिब राष्ट्र रोमानीयालाई आधुनिक र युरोपेली मुलुककै मापदण्डमा उभ्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओर्बानले गत वर्षदेखि नै अल्पमतको सरकारको नेतृत्व गरिरहेका छन् ।
आइमास इन्स्टिच्यूटले हालै प्रकाशन गरेको जनमत सर्वेक्षणमा ओर्बानको नेसनल लिबरल पार्टी (पिएनएल) ले २८ प्रतिशत मत प्राप्त गर्ने अनुमान गरेको छ । विपक्षी सोसल डेमोक्रेटिक पार्टी (पिएसडी) ले २३ प्रतिशत मत प्राप्त गर्ने आइमासले प्रक्षेपण गरेको छ ।
हालै गठन भएको मध्य-दक्षिणपन्थी गठबन्धन युएसआर-प्लसले करिब १८ प्रतिशत मत प्राप्त गर्ने अनुमान छ । रोमानीयाली राजनीतिमा पछिल्ला केही समयदेखि यस गठबन्धनले प्रभाव सिर्जना गर्न थालेको छ ।
आइमासले रोमानीयामा यसपटक ४० प्रतिशतभन्दा बढी मतदान नहुने प्रक्षेपण गरेको छ । (एएफपी)

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया