सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

उदयपुरको पोखरी केन्द्रविन्दु भएर भूकम्पको धक्‍का

काठमाडौँ - उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार  आज बिहान ९:५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । 

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।