एक बिहानको वर्षाले जनमग्न धनगढी

कैलाली - धनगढीमा बिहीबार बिहान ठूलो वर्षा हुदाँ दर्जनौ घर डुवानमा परेका छन् । धनगढीको मुख्य सडक चौराहदेखि पार्कमोडसम्मको सडक जलमग्न भएको छ । जलमग्नका कारण केही पसलभित्र पानी पसेको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेश सभा सचिवालयको प्रवेश गेट पनि जलमग्न भएको छ । भर्खरै निर्माणाधिन चटकपुरदेखि क्याम्पसरोड सडक पनि जलमग्न भएको छ । नाली निर्माण भइरहेकाले निकास नहुँदा सो सडकमा पानी जमेको र यात्रा गर्न कठिनाइ भएको छ । सो सडकका कारण त्यस क्षेत्रका केही घरमा पानी पसेको छ ।
धनगढीमा सबैभन्दा बढी एलएनचोक, शिवनगर, पार्कचोक, विशालनगर, मिलनचोक, चौराह, उत्तरबेहरीलगायतका अधिकांश क्षेत्र जलमग्न भएका हुन्। यस्तै वडा नं १, ३, ४ लगायतका वडामा केही घर तथा पसलमा पानी पसेको छ। वडा नम्बर २ वाट पानी निकास भइरहे पनि अहिले विद्युत प्राधिकरण धनगढी शाखाको प्राङ्गण पनि जलमग्न भएको छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया