मैनबत्ती बालेर कूलमानको स्वागत

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कूलमान घिसिङ फेरि नियुक्त भएपछि काठमाडौँ उपत्यकाबासीमा खुशियाली छाएको छ । यसअघि १८ घण्टा लामो लोडसेडिङ हटाएर ऐतिहासिक काम गरेका उनलाई सरकारले मंगलबार फेरि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
नियुक्त पत्र पाएपछि रत्नपार्क पुगेर प्राधिकरणको नेतृत्व सम्हालेका कूलमान फर्किदाको खुशियालीमा काठमाडौँको बौद्धमा मैनबत्ती बालेर स्वागत गरिएको थियो । बौद्धमा भेला भएका स्थानीयले मैनबत्ती बालेर कूलमानको स्वागतसँगै सफल कार्यकालको कामना गरेका थिए ।
यसअघि कूलमान नियुक्ती भएको खबर आउन थालेपछि सोमबार नै माइतीघर मण्डलामा पनि मैनबत्ती बालेर खुशियाली मनाइएको थियो । पछिल्लो समय काठमाडौँ उपत्यकासँग देशका विभिन्न ठाउँमा बेला बेला घण्टौ बत्ती जाने समस्या थियो ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया