मकवानपुरमा पाँच हजार बढीले लगाए कोभिड खोपको दोस्रो मात्रा

काठमाडौँ - मकवानपुरमा बुधबारबाट काेभिडविरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा प्रदान गरिएको छ । कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका मकवानपुरका करिब १३ हजार ४ सय ८० जना नागरिकहरुलाई दोस्रो मात्रा लगाउन सुरु गरिएको हो ।
मकवानपुरको दुई वटा पालिकाले बुधबार काेभिडविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको रुपमा एस्ट्राजेनेकाकाे खोप प्रदान गरेको हो ।
मकवानपुरको भीमफेदी गाउँपालिकाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका पाँच सय ९८ जनालाई दोस्रो मात्राका रुपमा एष्ट्राजेनेका खोप लगाएको छ भने हेटौंडा उपमहानगरपालिकाले ४ हजार ६ सय ५९ जना गरि कुल ५ हजार २ सय ४७ जनालाई एष्ट्राजेनेका खोप लगाएको छ ।
गत माघबाट सुरु भएको खोप अभियानदेखि हालसम्म विभिन्न समयमा गरी कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका उनीहरुलाई एस्ट्राजेनेका खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । उनका अनुसार अन्य पालिकाहरुले आफ्नो खोप तालिका अनुसार सम्बन्धित वडाको स्वास्थ्य संस्थाहरूबाट खोप लगाउने तयारी थालेका छन् ।
मकवानपुरको लागि प्राप्त भएको १६ हजार डोज खोपमध्ये १५ हजार १ सय २० डोज स्थानीय तहलाई वितरण गरिएको सूचना अधिकारी घिमिरेले बताए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया