प्रदेश-२ का सांसदहरूले फिर्ता गरेनन् दसैं भत्ता

जनकपुरधाम : प्रदेश-२ का सांसदहरूले कोभिड-१९ महामारीलाई आफूहरूका बैंक खातामा आएको दसैं भत्ता फिर्ता गर्ने घोषणा गरेका थिए । तर, आफूहरूको घोषणा उनीहरूले एक महिना वित्दासम्म पनि पूरा गरेका छैनन् ।
महामारीको बेलामा पनि सांसदहरूले दसैं भत्ता लिएको भन्दै चर्को आलोचना भएपछि सांसदहरूले पार्टीको निर्देशनानुसार दसैं भत्ता फिर्ता गर्ने घोषणा गरेका थिए । सुरुमा मधेस केन्द्रित दल जनता समाजवादी पार्टीले कात्तिक ३ र ४ गतेको बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूले दसैं भत्ता फिर्ता गर्ने घोषणा गरेको थियो । त्यसपछि नेकपा र नेपाली कांग्रेसका सांसदहरूले पनि पाएको दसैं भत्ता फिर्ता गर्ने घोषणा गरेका थिए ।
चाडपर्व खर्चबापत सांसदहरूले ५६ लाख २४ हजार ७७५ रुपैयाँ बुझेका थिए । प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवले घोषणा गरे अनुरुप सांसदहरूले रकम फिर्ता नगरेको बताए । फिर्ता गर्ने मौखिक प्रतिवध्दता व्यक्त गरे पनि कहाँ र कसलाई फिर्ता गर्ने भन्ने अन्यौलले रकम फिर्ता हुन नसकेको सचिव यादवले बताए ।
सचिवालयकाअनुसार मन्त्री, संसदीय दलका नेता र प्रमुख सचेतक बाहेक प्रदेशसभाबाट ९४सांसदमध्ये ८८ सांसदले दसैं भत्ता बुझेका छन् । बाँकी अन्य ६ जना सांसदले प्यान नम्बर र बैंक खाता नबुझाएकाले दसैं भत्ता बुझेनन् । उनीहरूको तलबसहितका सेवा सुविधा पनि सचिवालयले रोकेको छ ।
सचिवालयले प्रदेशसभाका सभामुखले ६८ हजार ४ सय ८०, उपसभामुखले ६७ हजार २५, सांसदहरूले ६१ हजार २०, सत्ता पक्षका प्रमुख सचेतकले ६५ हजार ५ सय ३०, दलको नेताले ६५ हजार ५ सय ३०, दलका सचेतकले ६१ हजार ४ सय ८०, सत्ता पक्षका सचेतकले ६७ हजार २५ रुपैयाँ दसैं भत्ता बुझेको जनाएको छ । त्यस्तै प्रमुख प्रतिपक्षी दलको नेता ६७ हजार २५ र प्रमुख सचेतकले ६५ हजार ५ सय ३०, संसदीय समितिका सभापतिले ६५ हजार ५ सय ३० रुपैयाँ दसैं भत्ता बुझेको सचिवालयले जनाएको छ ।
सत्तारुढ तात्कालिन राष्ट्रिय जनता पार्टीका प्रमुख सचेतक परमेश्वर साहले पार्टीको निर्णय अनुसार आफूहरूले दसैं भत्ता फिर्ता गर्ने भनेपनि कहाँ पठाउने भन्ने अन्यौल भएकोले हालसम्म फिर्ता गर्न नसकिएको बताए । उक्त रकम कुन कोषमा फिर्ता गर्ने भन्ने यकिन भएपछि रकम फिर्ता गर्ने उनले बताए ।
त्यस्तै तात्कालिन समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्र यादवले पनि रकम कहाँ फिर्ता गर्ने भन्ने अन्यौलताले आफूहरूले रकम फिर्ता गर्न नसकेको बताए । उनले सबै दलको सहमति अनुसार जुन कोषमा रकम पठाउने निर्णय गरिन्छ त्यसमा आफूहरूले बताए ।
प्रमुख प्रतिपक्षी दल नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले पनि कोष यकिन नभएकोले फिर्ता गर्न नसकको बताए ।

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

माओवादीलाई विभाजन गर्न षड्यन्त्र र जालझेल भइरहेको छः अध्यक्ष प्रचण्ड

प्रतिक्रिया