गड्डाचौकी भएर नेपाल आउने विदेशी पर्यटक जम्मा दुई जना मात्र !

कञ्चनपुर - कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण पश्चिमी सीमानाका गड्डाचौकी भएर यस वर्ष दुई पर्यटक मात्रै भित्रिएका छन् । भारतस्थित नेपाली राजदूतावासबाट अनुमति लिएर आएका दुई जना भारतीय पर्यटक अगस्ट महिनामा भित्रिएका थिए ।
अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार सन् २०२१ को अप्रिलमा एक जना र जुलाईमा २० जना गरी २१ जना भारतीय पर्यटक सीमानाका हुँदै भारततर्फ गएका छन् । कोभिडको दोस्रो लहर शुरु भएपछि सीमानाका भएर विदेशी पर्यटक भने नभित्रिएको अध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले बताए ।
उनका अनुसार सन् २०२० को जनवरीदेखि डिसेम्बर महिनाको अवधिमा सीमानाका भएर ६२० पर्यटक नेपाल भित्रिएका थिए । सोही अवधिमा ५१९ पर्यटक भारततर्फ गएका थिए । कोरोनाको पहिलो लहर शुरु हुनुभन्दा अघि सीमानाका हुँदै प्रतिवर्ष दुई हजारको हाराहारीमा पर्यटक नेपाल भित्रिने गरेका थिए । सोही सङ्ख्यामा पर्यटक भारततर्फ जाने गरेका थिए ।
“कोभिड १९ को सङ्क्रमण बढ्न थालेपछि सीमानाका बन्द गरिँदा पर्यटक आउन पाएनन्”, अध्यागमन कार्यालयका सूचना अधिकारी भट्टले भने, “हाल सीमानाका भएर नेपाल र भारतका व्यक्तिलाई मात्रै जान दिइने गरेको छ । दूतावासबाट अनुमति लिएर आएका विदेशीलाई मात्रै सीमा प्रवेश दिइने गरेको छ ।” अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार सन् २०१९ मा सीमानाका भएर दुई हजार ९३४ पर्यटक भित्रिएका थिए । सोही अवधिमा दुई हजार २९२ पर्यटक सीमानाका हुँदै बाहिरिएका थिए ।
सन् २०१८ मा दुई हजार ९३० पर्यटक भित्रिएकोमा दुई हजार २२२ पर्यटक बाहिरिएका थिए । सन् २०१७ मा दुई हजार ७४५ आएका, एक हजार ७८९ बाहिरिएका थिए । सन् २०१६ मा दुई हजार ५६२ पर्यटक भित्रिएका थिए । सोही अवधिमा एक हजार ५५९ पर्यटक बाहिरिएका थिए ।
अध्यागमन कार्यालयका कर्मचारीका अनुसार कोभिड १९ सङ्क्रमण नरोकिँदासम्म विदेशी पर्यटक आउने सम्भावना छैन । विदेशी पर्यटक नआएपछि राजस्व सङ्कलनसमेत प्रभावित भएको छ । रासस

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया