'हदबन्दीभन्दा बढी जग्गा राज्यले सार्वजनिक हितमा उपयोग गर्नुपर्ने'

काठमाडौँ - नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले हदबन्दीभन्दा बढीको जग्गा राज्यले कानुनअनुसार सार्वजनिक हितका लागि उपयोग गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा उनले हदबन्दीभन्दा बढीको जग्गा राख्नेलाई निरुत्साहित गर्दै जग्गा बढी राज्यले कानुनअनुसार सार्वजनिक हितका लागि उपयोग गर्नुपर्ने बताए ।
उनले औधोगिक क्षेत्रका लागि भन्दै बढी जग्गा राख्ने र पछि भूमाफियाले चलखेल गर्ने गरेको बताए । जग्गा सट्टापट्टाका लागि लाखौंको चलखेल हुने गरेको उनको भनाइ थियो । उनले झापाको गिरी बन्धु टि स्टेटलाई ओली सरकारले सट्टापट्टाका लागि अनुमति दिएको भन्दै आपत्ती जनाए । देवले १६९ वटा कम्पनीले हदबन्दीभन्दा बढी जग्गा राखेको भन्दै राज्यले कानुनअनुसार कारबाही गर्नुपर्ने धारणा राखे ।
एमाले सांसद कोमल वलीले सरकारलाई भ्रष्टाचारसम्बन्धी घटनाको छानबिन गर्न माग गर्दै विगतका सरकारले सुरु गरेका राम्रा कामलाई निरन्तरता दिन आग्रह गरिन् । उनले कोभिडविरुद्धको खोप लगाउनमा ढिलाइ भएको भन्दै जनतालाई निःशुल्क स्वास्थ्यको सहज व्यवस्था गर्नसमेत माग गरिन् । उनले सत्ता गठबन्धनले एमाले फुटाउन खोजेको आरोप पनि लगाइन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव गरेको ‘रेल्वे विधेयक, २०७८’ र ‘प्रत्यायन विधेयक, २०७८’ सर्वसम्मतिले पारित भएको छ । बैठकले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक साउन २८ गते बिहीबार बिहान ११ बजे बोलाइएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया