हुम्लामा दुर्घटनाबाट जोगियो सीता एयरको जहाज

हुम्ला - हुम्लाको सिमकोट विमानस्थलमा सीता एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । सुर्खेतबाट कार्गोको सामान लिएर सिमकोट विमानस्थलमा अवतरण गरेको सीता एयरको जहाजको टायर पन्चर भएको थियो । विमानस्थलमा अवतरण गरेपछि टायर पन्चर भएपनि अन्य कुनै क्षति नभएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले जानकारी दिए ।
उनका अनुसार विमान अवतरण गरेपछि पार्किङस्थलमा लैजाने क्रममा जहाजको पछाडिको टायर पन्चर भएको हो । जहाजको टायर पन्चर हुँदा कहिलेकाँही आगलागी हुने सम्भावना हुन्छ । विमानमा सवार चालक दलका सदस्य सकुशल रहेको पनि गिरीले बताए । सीता एयरको नाईन एन एएचडी डोनिएर विमानको टायर पन्चर हुनुको कारण खुलेको छैन । टायर पन्चर भएको विमानलाई धकेलेर पार्किङस्थलमा पुर्याइएको छ ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया