सरकारको निर्देशन अनुसार काम गर्छु, हामी धेरै अगाडि बढ्नु छ : कुलमान घिसिङ

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले दिएको निर्देशन अनुसार आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण गरेका उनले सरकारले दिएको निर्देशन अनुसार नेपालको ऊर्जा क्षेत्रको उचाइलाई अझै माथि उठाउने गरी काम गर्ने बताएका हुन् ।
आम जनताको अपेक्षाको सम्मान गर्दै सरकारले आफूलाई फेरि जिम्मेवारी दिएको उल्लेख गर्दै घिसिङले भने। ‘सरकारले दिएको जिम्मेवारी, ऊर्जामन्त्री पम्फा भुसालले दिनु भएको निर्देशन अनुसार नेपालको ऊर्जा क्षेत्रलाई अझ हाईटमा लानेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । मैले गर्ने भनेको सरकारको कार्ययोजना हो । त्यही कार्ययोजनालाई अघि बढाउने हो । सरकारको जुन निर्देशन छ, त्यसलाई अघि बढाउने हो । धेरै अगाडि बढनुपर्नेछ ।’
घिसिङले प्राधिकरणको कामलाई जनताको अपेक्षा अनुसारअघि बढाउन नयाँ गतिका साथ काम गर्न पनि मातहतका कर्मचारीलाई निर्देशन दिए । उनले आफ्नो पहिलो प्राथमिकता सेवाग्राहीको गुनासोलाई तत्काल सम्बोधन गर्ने रहेको पनि स्पष्ट पारे । सुशासन र गुणस्तरीय सेवाका लागि प्राधिकरणलाई प्रविधिमय बनाउँदै लैजाने आफ्नो योजना रहेको घिसिङले सुनाए । घिसिङले हितेन्द्र शाक्यलाई पनि सरकारले उर्जा आयोगका लगेर सम्मान गरेको पनि बताए ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

प्रतिक्रिया