राना थारुले मनाए तीज

कैलाली –कैलाली, कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायले बुधबार तीज पर्व मनाएका छन् । दिदी बिहीनीहरूले दाजु भाइको दीर्घायूको लागि व्रत बसेर हर्षोल्लासपूर्वक तीज पर्व मनाएका हुन् । तीज यो समुदायका महिलाहरूको लागि विशेष र महान पर्व हो ।
दिदीबहिनीले आफ्ना दाजु भाइ र भतिजाहरूको दीर्घायूको कामना गर्दै परम्परागत पोषाकमा सजिएर तीज पर्व मनाउने गरेको स्थानीय राम प्रसाद रानाले बताए । राना थारु समुदायले साउन महिनाभर मनाउने सावनकी डोला पर्वको क्रममा तीज मनाउँछन् । तीज दिदी बिहीनीले मनाउने पर्व रहेको रानाले बताए । ‘तीज खासगरी हाम्रा दिदीबहिनी तथा फुपुहरूले मनाउने पर्व हो’ उनले भने ।
राना थारु समुदायको अगुवाहरूका अनुसार तीजमा महिलाहरू दिनभरि पानीसमेत नखाएर निराहार व्रत बस्ने गर्दछन् । विवाहित महिलाहरू समेत यतिबेला माइत आउने गर्दछन् । साँझपख उनीहरू कुसको गाँठो पारेर त्यसलाई चाँदीको सिक्काले काट्ने गर्दछन् । त्यसरी काटिएको कुसलाई नदीमा गएर सेलाउने चलन छ । नदीमा कुस बगेर जति तलसम्म जाने गर्दछ, दाइभाइको आयु त्यति नै लामो हुने गरेको धार्मिक विश्वास छ ।
तीजको पूजाको सामग्री र कुस सेलाइ सकेपछि रमाइलो गर्दै मिठा–मिठा परिकार खाने चलन छ। घर–घरमा सेवई, खुजुरिया, गुलगुला, पुरी बनाइएको हुन्छ । यी परिकारहरू खाने, दाजु भाईलाई खुवाउने र सावनकी डोलामा दिदी बहिनी तथा साथी भाईसँग रमाइलो गर्ने तीजको रमाइलो पक्ष रहेको धनढी उपमहानगरपालिका ८ कि अनिता रानाले बताइन् ।
राना थारु समुदायको महिलाको लागि यो सबैभन्दा महान पर्व रहेको बताउँदै रानाले आ–आफ्नो माइतमा बसेर व्रत बसी तीज पर्व मनाउनुका साथै दाजुभाइ र भतिजाहरूको दीर्घायूको कामना गर्दै महिला दिदी बहिनीहरूले व्रत बस्ने गरेकाले यसले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने गरेको बताईन् ।
व्रतालुहरू नदीमा पूजाको सामग्री सेलाएर फर्किने क्रममा उनीहरूलाई दाजुभाइले बाटोमा छेक्ने चलन रही आएको छ । यसरी दाजु भाईले बाटोमा छेक्दा महिला दिदी बहिनीहरूले मिठो, मिष्ठान खान दिएपछि बाटो छोड्ने गरिन्छ । यसै गरी, घर फर्केपछि व्रतालुहरूले इष्टमित्र, आफन्तलाई खानाका परिकार बाँड्ने चलन रहेको छ ।

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_txtuHllz8A_w2jwe64p5yhmmtmhfk2k9mhtmqjq2jrpyyss04ayqzvu1pnmxnxyvgqn7g6u.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_4RhWL1c62Q_fey7oxdwqhc8mu0cc3qxbkrerwdto36uxkw456ctgch2zpbkckeyukhd0cr6.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

२१ वटा सामाजिक सञ्जालका एकाउन्टबाट ठगी गर्ने ७ जना पक्राउ

प्रतिक्रिया