त्रिविका ५० हजार बढी परीक्षार्थीले कोभिडविरुद्धको खोप पाउने

काठमाडौं- त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंगिक तथा सम्बन्ध प्राप्त कलेजहरुका परीक्षा दिने विद्यार्थीले कोभिड-१९ विरुद्धको खोप पाउने भएका छन् ।
बुधबार स्वास्थ्य सचिवस्तरीयको बैठकले त्रिविअन्तर्गत परीक्षा दिने तयारीमा रहेका सम्पूर्ण विद्यार्थीहरूले प्रवेश पत्रका आधारमा खोप पाउने निर्णय गरेको हो । परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले प्रवेश पत्रका आधारमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यलयले त्यसको व्यवस्था गर्ने बताए ।
त्रिविअन्तर्गत तत्काललाई ५० हजार बढी विद्यार्थी परीक्षा दिने तयारीमा रहेको जानकारी आएको शर्माले जानकारी दिए । विद्यार्थीहरुलाई प्रवेश पत्रका आधारमा खोप दिने व्यवस्था गर्ने निर्णय भएको प्रस्ट पारे ।

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

प्रतिक्रिया