लुम्बिनी प्रदेश : फागुन २ सम्म केसी मुख्यमन्त्री, ३ देखि कनौडिया

बुटवल - लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकार ढलेसँगै नेकपा माओवादी र कांग्रेसबीच नेतृत्वको विषयमा सैद्धान्तिक सहमति भएको छ । संसदीय दलका नेता वीरेन्द्र कनौडियाले मुख्यमन्त्रीको विषयमा आलोपालो गर्ने सहमति भएको बताए । उनले अन्य मन्त्रालयको बाँडफाँटको विषयमा कुनै कुरा नभएको पनि जानकारी दिए ।
‘साझेदारीको विषयमा कुनै पनि मन्त्रालयको बाँडफाँटको विषयमा कुरा भएको छैन । आलोपालो गर्ने सैद्धान्तिक सहमति भएको छ,’ उनले भने, ‘माओवादीको जनयुद्ध दिवस फागुन २ हो । २ गतेसम्म कुल प्रसाद केसी मुख्यमन्त्री हुनुहुन्छ । फागुन ३ गतेदेखि मेरो कार्यकाल हुन्छ ।’ उनले अन्य पावर सेयरिङका विषयमा आज साँझदेखि छलफल सुरु हुने पनि बताए ।
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

प्रतिक्रिया