जाँदाजाँदै मुख्यमन्त्री पोखरेलले भने : राजधानी सार्न सकिनँ

काठमाडौँ - मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानी तोकेर भौतिक पूर्वाधार निर्माणको लागि गुरुयोजना निर्माण थाले पनि राजधानी सार्न नसकेको बताएका छन् । मुख्यमन्त्री पदबाट राजीनामा दिएपछिको पत्रकार सम्मेलनमा पोखरेलले लुम्बिनी प्रदेशको राजधानी बनाउने आफ्नो सोच अधुरै रहेको बताएका हुन्।
'प्रदेशको साझा मनोविज्ञा स्थापित गर्ने र गर्व गर्न लायक राजधानी बनाउने योजना अधुरै रह्यो' उनले भने । उनले अगाडि सारिएका योजना पूरा गर्न नयाँ बन्ने सरकारलाई सघाउन आग्रह गरे । पोखरेलले आफ्नो कार्यकालमा सरकारले सडक पूर्वाधार, खानेपानी, शैक्षिक क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको पनि बताए ।
प्रदेश सभाको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव पेस हुनुअघि नै पोखरेलले प्रदेशप्रमुख अमिक शेरचनलाई राजीनामा पत्र बुझाएका थिए । पदबाट राजीनामा दिएपछि पोखरेलले नयाँ सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । मुख्यमन्त्री कार्यालयमा भएको पत्रकार सम्मेलनमा पोखरेलले नयाँ नेतृत्वलाई सहयोग गर्न मुख्यमन्त्री कार्यालयका कर्मचारीलाई आग्रह पनि गरे ।
संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतका आधारमा मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि मार्ग प्रशस्त गर्न भन्दै राजीनामा दिएका हुन् ।
यसअघि सरकार अल्मतमा रहेको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध साउन १९ गते अविश्वास प्रस्ताव दर्ता गराएको थियो । विपक्षी दलका ३४ प्रदेशसभा सदस्यको समावेदनअनुसार प्रदेशप्रमुख शेरचनले बुधबार आह्वान गरेका थिए ।

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

प्रतिक्रिया