कुलमानले गरे पदबहाली

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणमा नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आज दुई बजे पदबहाली गरेका छन् । घिसिङलाई आजै ऊर्जा सचिव देवेन्द्र कार्कीले ऊर्जा मन्त्री पम्फा भुसालको उपस्थितिमा नियुक्ति पत्र दिएका थिए ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको पत्र हिजो साँझ मात्र ऊर्जा मन्त्रालयमा आएको थियो । साविकका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने सरकारले जल तथा शक्ति आयोगमा विशिष्ट श्रेणी सरह खाइपाइ आएको सेवा सुविधा राखी चार वर्षका लागि नियुक्त गरेको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन…

कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड

‘विकाससँग सांसद जोडिनुपर्छ’

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

रवीन्द्र मिश्र र प्रसाईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

प्रतिक्रिया