प्रदेश १ को अर्थतन्त्र : घरजग्गा कारोबार बढ्यो, कृषि बाली उत्पादन घट्यो

काठमाडौँ – नेपाल राष्ट्र बैंकले प्रदेश १ को प्रथम अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । केन्द्रिय बैंकले देशभर आर्थिक गतिविधि अध्ययन गरिरहेको छ । त्यसको एउटा पाटो प्रदेश १ को प्रतिवेदन हो ।
समग्र कृषि बालीले ढाकेको कुल क्षेत्रफल २.३ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको । कृषि बालीको उत्पादनमा भने ह्रास आएको छ । १६.८ प्रतिशतले ह्रास आएको उल्लेख छ । प्रमुख खाद्य तथा अन्य बालीहरुको उत्पादनतर्फ धान बालीको उत्पादन १८.७ प्रतिशतले ह्रास आएको छ । मकैबालीको उत्पादन ११.६ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा अवधिमा तरकारी उत्पादन ८.८ प्रतिशतले र फलफूल तथा मसला उत्पादन ७.७ प्रतिशतले ह्रास आएको छ । यस अवधिमा पशुपंक्षीजन्य उत्पादनहरु मध्ये दूध उत्पादन ०.२ प्रतिशत, मासु उत्पादन ०.४ प्रतिशत र अण्डा उत्पादन ३.९ प्रतिशतले वृद्धि भएको छ । माछा उत्पादन ९.१ प्रतिशले ह्रास आएको छ । यस कुल सिंचित क्षेत्रफल २.१ प्रतिशतले विस्तार भएको छ । खेती गरिएको क्षेत्रफल ०.२प्रतिशतले वृद्धि भएको छ ।
२०७७ पुस मसान्तसम्म कुल प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जा ९.७ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सहुलियतपूर्ण कर्जा ७१.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ८५ करोड पुगेको छ ।
घरजग्गा दर्ता बढ्यो
कृषि बालीमा कमी आइरहँदा घर–जग्गा कारोबारमा भने वृद्धि भएको छ । घरजग्गा रजिष्ट्रेसन संख्यामा ३.९ प्रतिशतले वृद्धि भएको छ । घर–जग्गा रजिष्ट्रेसनबाट प्राप्त हुने राजश्व २८.३ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । घर/भवन स्थायी नक्सा पास ५.३ प्रतिशतले ह्रास आएको छ ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले यस प्रदेशबाट परिचालन गरेको निक्षेप १२.२ प्रतिशतले र यस प्रदेशभित्र प्रवाह गरेको कर्जा १०.७ प्रतिशतल वृद्धि भएको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको सेवा क्षेत्र अन्तर्गतको कर्जा १६.९ प्रतिशतले वृद्धि भई दुई खर्ब ४८ अर्ब ३७ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा पनि यस्तो कर्जा १६.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा यातायातका साधनको संख्या ४.२ प्रतिशतले वृद्धि भएको छ ।

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

प्रतिक्रिया