सगरमाथाको उचाइ मंगलबार घोषणा गर्ने तयारी

काठमाडौं : नापी विभागले मंगलबार सगरमाथाको उचाइ घोषणा गर्ने तयारी गरेको छ । घोषणा गर्ने औपचारिक मितिबारे टुंगो सोमबार लाग्ने विभागले जानकारी दिएको छ ।
सूचना अधिकारी दामोदर ढकालले इकागजलाई दिएको जानकारी अनुसार सकेसम्म मंगलबार नै घोषणा कार्यक्रम राख्ने गरी तयारी विभागले गरिरहेको छ । उनले भने, 'केही काम अझै बाकी नै रहेकाले मंगलबार औपचारिक घोषणा गर्ने निश्चित छैन । तर, तयारी भने सोहीअनुसार गरिरहेका छौं । भोली (सोमबार) टुंगो लगाएर घोषणा मिती तय गर्नेछौं ।'
मंसिर १० मा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सगरमाथाको उचाइ घोषणा गर्न अनुमति दिएको थियो ।
गत वर्ष चीनका राष्ट्रपति सि चिङफिङको नेपाल भ्रमण क्रममा सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । सोहीबमोजिम नेपाल र चीनका सरकारी टोलीले संयुक्त रूपमा काम गरेका थिए ।
यसअघि नेपालले सगरमाथाको उचाइ मापन गरेको थिएन । नेपालले आफ्नै स्रोतसाधनले सगरमाथाको उचाइ मापन गरेको यो पहिलोपटक हो । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी कायम गरेको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर हालसम्म कायम छ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया