बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

विद्युत प्राधिकरणमा कुलमान घिसिङ नियुक्त, आज बिहान १० बजे नियुक्तिपत्र दिइने

काठमाडौँ- सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले  घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयको व्यहोरा मन्त्रिपरिषद्‌को कार्यालयबाट हिजो साँझ साढे ६ बजे ऊर्जा मन्त्रालयमा आइपुगेको ऊर्जा सचिव देवेन्द्र कार्कीले बताए । 'मन्त्रालयमा हिजो साँझ निर्णयको व्यहोरा आइपुगेको छ' सचिव कार्कीले इकागजसँग भने 'घिसिङलाई आज बिहान १० बजे नियुक्तिपत्र दिइनेछ ।'

साविकका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा विशिष्ट श्रेणीमा नियुक्ति गर्ने निर्णय पनि मन्त्रिपरिषद्‌ गरेको छ । शाक्यलाई खाइपाइ आएको सेवा सुविधामा कटौती नहुने गरी उनले गर्नुपर्ने कार्यदेशसमेत उल्लेख गरी आयोगमा सरुवा गरिएको हो ।