लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ
इनरुवा - ब्राउन सुगरसहित पक्राउ परेका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले आज सार्वजनिक गरेको छ । इनरुवा-४ स्थित बसपार्कबाट सोमबार राति लागूऔषध ब्राउन सुगरसहित उनीहरू पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१४ का २० वर्षीय अमोदकुमार यादव, सप्तरी तिलाठी कोइलाडी गाउँपालिका-४ का २० वर्षीय इनरकुमार मुखिया, १९ वर्षीय रमेश मुखिया, सप्तरी रामपुर मलहनिया-१४ का २४ वर्षीय विनोदकुमार कामत र कार चालक तिलाठी कोलारी-४ का २२ वर्षीय फुलकुमार मुखिया रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
विशेष सूचनाका अधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
पश्चिमबाट आउँदै गरेको बा१४च ६१४५ नंको कारलाई जाँच गर्दा उनीहरुका साथबाट लागूऔषध ब्राउन सुगर एक सय ३० ग्राम फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । पक्राउ परेका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया