दार्चुला घटना : छानबिन समितिको म्याद एक साता थपियो

काठमाडौँ - सरकारले दार्चुला घटनाको छानबिनका लागि गठन गरेकाे समितिको म्याद एक साता थप गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महाकाली नदीको तुइन काटिदिँदा नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको खोजी र घटनाको यथार्थ छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा १७ साउनमा छानबिन समिति गठन गरिएको थियो ।
घटनाबारे छानबिन गर्दै १० दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउने गरी समिति गठन गरिएकोमा उक्त समयभित्र घटनाबारे सत्यतथ्य आइ नसकेपछि सात दिनको समय थप गरिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।
छानबिन समितिलाई महाकाली नदीको सीमासम्म नै अनुसन्धान गर्नका लागि समय दिइएको उनले जनाए । बेपत्ता भएका धामी खोज्न मन्त्रालयको समन्वयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले सोमबारदेखि ड्रोन क्यामेरासमेत परिचालन गरेको बताएको छ ।

पचपन्न वर्षको उमेरमा नागरिकता

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जिल्ला कारागारमा चाप बढेपछि कैदी स्थानान्तरण

माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

भिडियोमा देखियो चड्कन, भीडमा हरायो आत्मसम्मान

पाथिभरा मन्दिरमा एक महिनामै ६० लाख ९० हजार भेटी संकलन

प्रतिक्रिया