कर्णालीमा अक्सिजन सिलिन्डरका लागि १२ लाख रुपैयाँ संकलन

सुर्खेत : ‘अक्सिजन सिलिण्डरका लागि मेरो एक हजार अभियान’अन्तर्गत १२ लाख संकलन भएको छ । काेभिड-१९ सङ्क्रमण दोस्रो लहरको सङ्कट बढ्दै जाँदा शुरु भएको यस अभियानअन्तर्गत रु १२ लाख ६१ हजार २३५ सङ्कलन भएको कोभिड–१९ सेल्फहेल्प समूह सुर्खेतले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
देशैभरि तीव्र गतिमा फैलिएको काेभिड १९ ले तत्कालीन समयमा प्रदेशका सबैजसो अस्पतालमा अक्सिजनको चरम अभाव भएपछि नेपाल पत्रकार महासङ्घ सुर्खेतका उपाध्यक्ष सुदीप पुरीको संयोजकत्वमा पाँच युवा सम्मिलित समूहले सो अभियान थालेको थियो ।
अभियानअन्तर्गत पुरीको खातामा रु तीन लाख ९४ हजार ४९५, मिलन श्रेष्ठको खातामा रु पाँच लाख ४६ हजार ९५१, धर्मराज आचार्यको खातामा रु ७७ हजार ८२२ र उक्त टोलीले शुरुआत गरेको सनराईज बैंकको खातामा रु दुई लाख ४२ हजार १६७ जम्मा भएको संयोजक पुरीले जानकारी दिए ।
सङ्कलित रकममध्ये कर्णाली प्रदेश अस्पतालमा आठ दिनसम्म दैनिक रु १०० का दरले १५० बिरामी, त्यसका कुरुवा र स्वास्थ्यकर्मीलाई रु एक लाख २० हजारको पोषिलो खाजा वितरण गरिएको, अक्सिजन सिलिण्डर रिफिल खर्च रु ७६ हजार ८४२, सिलिण्डर खरिद एक थान २५ हजार, अक्सीमिटर तथा स्यानिटाइजर खरिद ४५ हजार ६००, छवटा शव व्यवस्थापन सहयोग खर्च ३० हजार र एम्बुलेन्स सञ्चालन खर्च ५५ हजार ७०० भएको संयोजक पुरीले बताए ।
कूल सङ्कलित रकममध्ये रु तीन लाख ५५ हजार ३४२ खर्च भएको तथा रु आठ लाख ८४ हजार ४१८ समूहको खातामा जम्मा भएकाले त्यसबाट एम्बुलेन्स किन्ने तयारी गरिएको जनाइएको छ । रासस

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

प्रतिक्रिया