सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्‍चालन गर्नू: प्रशासन

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले सञ्चालनमा भइरहेका वा सञ्चालन हुने सबै परीक्षाहरू स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मात्रै गर्न आग्रह गरेको छ । मंगलबार प्रशासनले विभिन्न निकायबाट हुने लिखित र प्रयोगात्मक परिक्षाहरू परीक्षा हल अनुसार २५ जनासम्म मात्रै राख्न पाइने नियम जारी गरेको हो ।

परीक्षार्थीले परीक्षा हलबाहिर भौतिक दूरी पालना गर्नुपर्ने, सिफ्ट अनुसार परीक्षा समय मिलाउनुपर्ने प्रशासनले जनाएको छ । त्यस्तै, सभा, गोष्ठी, सेमिनार समेत भर्चुअल माध्यमबाट चलाउन प्रशासनको आग्रह छ ।