नेटफ्लिक्सका लागि ‘हिरामन्डी’ बनाउँदै सञ्जयलीला भन्साली

मुम्बई : सोमबार मात्र सञ्जय लीला भन्सालीको फिल्म यात्राले २५ वर्ष पूरा गर्यो । बलिउडका लगभग सबै ठूला स्टारसँग काम गरेका भन्सालीका केही फिल्मले व्यापार गरेनन्, तर ती फिल्ममा पनि उनले केही न केही विशेष छाप छाडेको समीक्षक बताउँछन् । पछिल्लो समय ऐतिहासिक विषयमा फिल्म बनाउँदै आएका भन्सालीले मंगलबार भने नेटफ्लिक्सका लागि सिरिज बनाउने घोषणा गरेका छन् ।
‘हिरामन्डी’ नाममा सिरिज बनाउने घोषणा गरेका उनले सिरिजले भारत विभाजनपूर्व लाहोरमा वेश्यावृत्ति गर्ने वेश्याको कथा प्रस्तुत गर्ने बताए । भन्सालीले भर्खरै मात्र मुम्बईमा आधारित यस्तै वेश्याको कथामा ‘गंगुबाई कठैयावाडी’ शीर्षकको फिल्म सकेका छन् ।
यो फिल्ममा आलिया भट्ट र अजय देवगन मुख्य भूमिकामा छन् । भन्सालीले लामो समयदेखि ‘हिरामन्डी’ मा फिल्म बनाउने चाहाना व्यक्त गर्दै आएका थिए । तर, अब भने यो सिरिजको रुपमा आउनेछ ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया