आन्तरिक राजस्व विभागको नक्कली स्टिकरसहित पाँच जना पक्राउ

कैलाली - जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार साझ आन्तरिक राजस्व विभागको नक्कली स्टिकरसहित पाँच जनालाई पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका–७ स्थित तालबन्द सडक खण्डमा ना.३२ प ६२८१ नम्बरको मोटरसाइकलसहित भारतको लखिमपुर खिरी जिल्ला ग्राम पञ्चायत बरौठा, बस्ने वर्ष १९ को संजित कुमार र मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने वर्ष २० को रिंकु कुमारलाई ३ कार्टुन आन्तरिक राजस्व विभाग लेखिएको स्टिकर ७७ रोल फेला पारी दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा उक्त स्टिकरका रोलहरू मध्ये १३ रोल स्टिकरमा एउटै सिरियल नंबर भएका स्टिकर पटक–पटक दोहोरिएको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतीक बिष्टले बताए ।
उक्त स्टिकर सोही ठाउँमा रहेको वेष्टर्न लिकर्स प्रालिबाट ल्याई पक्राउ परेकाहरू बस्ने कोठामा छाप लगाउन लैजान लागेको अवस्थामा पक्राउ गरिएको पवक्ता विष्टले बताए । उनले कोठामा गई खानतलासी गर्दा ७० युपी ३०० एमएल लेखिएको छाप ३ थान, स्ट्याम प्याड ३ थान र मसीसमेत फेला पारी बरामद गरी उक्त कोठामा रहेका जिल्ला रौतहट गरुडा नगरपालिका १ जयनगर बस्ने वर्ष ४० को राज कुमार शाह, जिल्ला पर्सा विरगंज महानगरपालिका १३ घन्टाघर बस्ने वर्ष ५५ को विजय गुप्ता र भारतको जिल्ला लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा, भारत बस्ने वर्ष २२ को सुरेश कुमार लाई समेत नियन्त्रणमा लिइएको बताए ।
प्रवक्ता विष्टले आन्तरिक राजश्व कार्यालय कैलालीको सहयोगमा वेष्टर्न लिकर्स प्रालिलाई शिलगरी थप अनुसन्धान भैरहेको बताए । कैलालीमा यसअधि पनि मेघाश्री गुट्का उत्पादन गर्ने लम्कीस्थित देउती प्याकेजिङ्गले आन्तरिक राजश्व विभागको नक्कली स्टिकर प्रयोग गरेको थियो ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया