संकटमा ‘शंकर’ सरकार : भुइँको टिप्न खोज्दा झोलीको पोखियो

बुटवल- लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदमा निर्वाचित हुँदा शंकर पोखरेल अधिक शक्तिशाली थिए । प्रदेश सभाका कुल ८७ सांसद तत्कालीन नेकपाका ६१ सांसद त उनको पक्षमा थिए । तर, चार वर्ष बित्न नपाई पोखरेलको सत्ता संकटमा परेको छ । 'आफ्ना' ठानेका सांसद्ले पनि साथ छोडेपछि पोखरेल कमजोर बनेका छन् ।
पार्टीको केन्द्रीय राजनीतिमा आएको उतारचढावले एमाले-माओवादी गठबन्धन भत्कियो । माओवादी केन्द्रका २० जना सांसदमध्ये १८ जनाले उनको साथ छोडे । माओवादीबाट आएका दुई सांसदसहित नेकपा एमालेका पक्षमा ४३ सांसद थिए । तर माओवादीले आफ्नो दलबाट निर्वाचन लडेका दुई सांसद (दधिराम न्यौपाने रुपन्देही र दिनेश पन्थी गुल्मी) लाई कारबाही गरेपछि पोखरेलसँग जम्मा ४१ सांसद बाँकी रहे ।
जनता सामाजवादी पार्टिभित्र आएको विग्रहका कारण ४१ सांसद रहे पनि शंकर पोखरेल बहुमतमै रहने अंकगणित बनेको थियो । तर, उनले आफ्नै सांसदलाई टिकाउन नसक्दा अहिले स्पष्ट अल्पमतमा झरेका छन् ।
पोखरेललाई भुइँको टिप्न खोज्दा झोलीको पोखियो भनेझैँ भयो । आफ्ना सांसदलाई टिकाउन नसकेर जसपाको एउटा समूहलाई हातमा लिन खोज्नु नै पोखरेललाई गलपासो बन्यो । जसपा सरकारमा गएपछि उनकै पार्टिभित्र विद्रोह सुरु भयो । जसपाका ठाकुर पक्षका चार सांसदलाई मन्त्री बनाउँदा पोखरेलले आफूलाई बलियो महसुस गरे ।
२०७८ बैशाख ६ मा विपक्षीहरूले शंकर पोखरेलविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराए । उनीहरूले प्रदेश प्रमुख धर्मनाथ यादवसँग विशेष अधिवेशन बोलाउन समावेदन गरे । फलस्वरुप १९ वैशाखका लागि विशेष अधिवेशन बोलाइयो पनि । आफूलाई राजनीतिको चतुर खेलाडी ठान्ने मुख्यमन्त्री पोखरेलले विपक्षीलाई चक्मा दिने गरी पदबाट राजीनामासमेत दिए । उनको राजीनामाभित्रको उद्देश्य भने विपक्षीले बुझ्नै सकेनन् । बिहान राजीनामा गरेर संसद अधिवशेन स्थगित गर्दै मुख्यमन्त्री पोखरेलले बहुमत सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई एकल दलको बहुमतका आधारमा सरकार गठनका लागि निवदेन दार्ता गरे ।
जबकी उनले पेस गरेका निवेदनमा सांसदहरू आफ्नो हस्ताक्षर कीर्ते भएको, सांसद पद त्याग गरेको जस्ता विषयको चर्चा चल्यो । त्यति मात्र होइन, विपक्षी सांसदहरू बहुमत सांसदहरूको साथमा सशरीर प्रदेश प्रमुखसमक्ष वैकल्पिक सरकार गठनको माग गर्दै पुगे । तर, मुख्यमन्त्री पोखरेलकै अनुकूलमा प्रदेश प्रमुखले विपक्षीको हारगुहार सुनुवाई गरेनन् ।
१९ बैशाखमा एउटा रोचक घटना घट्यो, एमालेका सांसद दृगनारायण पाण्डेले राजीनामा दिए । नेकपाबाट निर्वाचित सांसद विमला ओलीले माओवादी केन्द्र रोजिन् ।स्वतन्त्र सांसद धर्मलाल श्रीवास्तव र अजय शहीले वैकल्पिक सरकार गठनका लागि माओवादी केन्द्रका दल नेता कुलप्रसाद केसीको समर्थन गरे । आफ्नै दलका ४१ सांसदमध्ये चारजनाको साथ नपाए पनि प्रदेश प्रमुखको साथ पाएपछि तत्कालका लागि शंकर पोखरेल दोस्रो पटक मुख्यमन्त्री बन्न सफल भए ।
आफ्ना सांसदलाई 'पाखा' र अन्य दलका सांसदलाई 'काखा' राखेका पोखरेललाई आफ्नो राजनीतिक सहयात्री अमर डांगीले सांसद पद त्यागे । त्यसपछि शंकर पोखरेलको अधोगति सुरु भयो । त्यतिबेलासम्म पोखरेलले आफ्ना सांसदलाई बेवास्ता गर्दै जसपाको ठाकुर पक्षका चार सांसदलाई मन्त्री बनाएको आरोप लाग्यो । अल्पमतमा परेपछि जसपाका चार सांसदको साथमा सरकारमा टिकेका पोखरेलले २४ साउनसम्म आउँदा उनीहरूको समेत साथ गुमाउनुपर्यो ।
राजनीतिक टिप्पणीकारहरू पोखरललाई 'हातको माछो छोडेर दुलामा हात हाल्दाको परिणाम' भोग्नुपरेको बताउँछन् । पोखरेलले विमला ओली, दृगनारायाण पाण्डे र अमर डांगीलाई टिकाउन नसक्दा अल्पमतमा परेका छन् । आफ्नै दलका सांसदले साथ छोडेको अवस्थामा अब पोखरेलको सत्ता टिकाउने एउटै बाटो हो, अदालत । संघीय राजनीतिमा प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले सदर गरेको बेलामा 'अब अदालतप्रतिको विश्वास हराएको' टिप्पणी गरेको पोखरेललाई अदालतले कस्तो न्याय दिनेछ, त्यो समयले प्रष्ट बनाउँदै जानेछ ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया