खोलाले बगाउँदा आमा छोराको मृत्यु

दाङ - दाङको ग्वार खोलाले बगाउँदा आज आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-४ सिम्लेनी निवासी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
दिउँसो २ बजेतिर सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनी घाट तर्ने क्रममा खोलाले बगाएर दुबै जनाको मृत्यु भएको हो । उनीहरूको शव दुई किलोमिटर तल भेटिएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए । (रासस)

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया