१२३ अंकले घटेको बजार नकारात्मक सर्किट लागेर बन्द

काठमाडौं : आइतबार सेयर बजार नकारात्मक सर्किट लागेर बन्द भएको छ। अस्वभाविक तवरले करेक्सन आइरहेको सेयर बजार समयअगावै बन्द भएको हो ।
राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गर्ने घोषणा गरेसँगै बजारमा पहिरो गएको हो । राष्ट्र बैंकले पहिलो त्रैमाशिक अवधिको मौद्रिक समिक्षा गर्ने क्रममा बैंकिङ तरलता अधिक भएको कारण देखाउँदै सेयर धितो कर्जामा कडाइ गर्ने घोषणा गरेको थियो।
कारोबार सुरु भएदेखि नै ओरालो लागेको बजार ६ प्रतिशतले घटेको छ । १ सय २३ अंकले घटेको नेप्से १ हजार ९ सय ३२ दशमलव ११ बिन्दुमा पुगेको हो ।
यस अवधिमा १ सय ९७ कम्पनीको ७ अर्ब २० करोड ९१ लाख रुपैयाँ बराबरको १ करोड ५४ लाख ९० हजार ७८ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार ६१ हजार ८ सय ५८ पटकको व्यापारमा भएको हो ।
कारोबारमा आएका १२ वटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको छ । जसमध्ये अन्य समूहको परिसूचक सबैभन्दा बढी ९ दशमलव १३ प्रतिशतले घटेको छ भने जीवन बीमा समूहको परिसूचक ८ दशमलव २६ प्रतिशतले घटेको छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया