लुम्बिनीको सत्ता राजनीति : सत्तापक्ष अदालतमा विपक्षी रिसोर्टमा

बुटवल - भण्डै तीन महिनादेखि सत्ताको रस्साकस्सीमा रुमल्लिएको लुम्बिनीमा राजनितिक डौडधुप तीव्र भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले २७ साउनका लागि संसद्को विशेष अधिवेशन डाकेपछि सत्तापक्ष र प्रतिपक्ष आ-आफ्नो कसरतमा लागेका छन् ।
अल्पमतमा रहेका मुख्यमन्त्री शंकर पोख्रेलसहितका सत्तारुढ सांसद सर्वोच्चको शरणमा पुगेका छन् । एमाले प्रदेश अध्यक्ष तथा प्रदेश सभा सदस्य लिला गिरीको नेतृत्वमा अदालतमा रिट दर्ता गरी बैठक नै अवैध भएको दाबी गरेका छन् । उक्त रिटको सुनुवाइकाे लागि मंगबारलाई पेसी तोकिएको छ । यता विपक्षी गठबन्धन भने सांसदहरुलाई रिसोर्टमा राखेर छलफलमा बसेको छ ।
लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनका सांसद सोमबार कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित राजापानी रिसोर्टमा जम्मा भएका छन् । २७ साउनको बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने भएकाले आगामी रणनीति कस्ताो बनाउने भनेर विपक्षी ४१ जना सांसद रिसोर्टमा जम्मा भएको एक सांसदले इकागजलाई जानकारी दिए ।
सत्तापक्षले सांसदलाई फकाएर आफ्नो पक्षमा पार्न सक्ने आँकलन गर्दै गठबन्धनले सबै सांसदलाई रिसोर्टमा लगेको बताइएको छ । केही हप्ताअघि जसपा सांसद पुर्मती ढेंगा सम्पर्कविहीन भएकी थिइन् भने माओवादी केन्द्रकी सांसद विमला वली हप्ता दिन सम्पर्कविहीन थिइन् । मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएर राखेको सांसद वलीले पत्रकार सम्मेलनमा बताएकी थिइन् ।
बुधबार प्रदेश सभाको बैठक र त्यस विषयमा रणनीति बनाउन रिसोर्टमा विपक्षी सांसद जम्मा भएको गठबन्धनका एक नेताले बताए । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार बहिर्गमन हुने ढुक्क भएपछि रिसोर्टमा जम्मा भएर गठबन्धनले नयाँ बन्ने सरकारमा भागबन्डा कसरी मिलाउने भन्ने विषयमा छलफल गर्ने ती नेताको दाबी छ । ती नेताका अनुसार ८/८ महिना माओवादी केन्द्र र कांग्रेसका तर्फबाट आलोपालो प्रदेश सरकार चलाउने गरी छलफल भइरहेको छ ।
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

प्रतिक्रिया