विधान महाधिवेशन गर्न एमालेले बनायो चार समिति

काठमाडौं – पार्टीको विधान अधिवेशन सम्पन्न गर्न एमालेले चार समिति बनाएको छ । आज बसेको केन्द्रीय समिति बैठकमा महासचिव ईश्वर पोखरेलले चार समिति बनाउने प्रस्ताव पेस गरेका हुन् । एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको छ ।
महासचिव पोखरेलले विधान अधिवेशनमा प्रतिवेदन पेस गर्न राजनीतिक प्रतिवेदन मस्यौदा समिति, संगठनात्मक प्रतिवेदन मस्यौदा समिति, विधान संशोधन मस्यौदा समिति र व्यवस्थापन समिति गठन गर्ने प्रस्ताव गरेका हुन् ।
राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा अध्यक्ष केपी शर्मा ओली, संगठनात्मक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा महासचिव ईश्वर पोखरेल, विधान संशोधन मस्यौदा समिति संयोजकमा विष्णु पौडेल र व्यवस्थापन समिति संयोजकमा रामबहादुर थापालाई संयोजक तोकिएको छ ।
समितिले तयार पारेका मस्यौदालाई स्थायी कमिटी र केन्द्रीय कमिटीले पारित गरेपछि विधान महाधिवेशनमा पेस गरिनेछ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया