आज आउलान् त प्राधिकरणमा कुलमान ?

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी सरकारले गरेको छ । आज बस्ने नियमित मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री पम्फा भुसालले ठाडो प्रस्ताव पेस गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले समर्थन गर्ने आन्तरिक तयारी रहेको एक मन्त्रीले जानकारी दिए ।
‘मन्त्रिपरिषद्को नियमित एजेण्डामा विद्युत् प्राधिकारणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने प्रस्ताव छैन,’ एक मन्त्रीले इकागजसँग भने, ‘तर ऊर्जामन्त्री पम्फा मुसालले ठाडो प्रस्ताव राख्ने र प्रधानमन्त्रीले समर्थन गर्ने आन्तरिक तयारी रहेको बुझेको छु ।’
घिसिङले अघिल्लो पटक प्राधिकरणको कार्यकारी निर्देशक हुँदा मुलुकलाई लोडसेडिङमुक्त गरेका थिए । उनको केपी शर्मा ओली नेतृत्वको सरकार हुने बेलामा समयावधि सकिएको थियो । अहिले फेरि उनलाई लैजाने तयारी गरिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई विद्युत् प्राधिकरणमा ल्याउन मन्त्री भुसाललाई यसअघि नै निर्देशन दिइसकेका छन् । आजै नियुक्त गर्ने एकिन भने भइनसकेको ती मन्त्रीले बताए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया