खोपपछि आत्मविश्वास बढेको भन्दै फर्के ज्येष्ठ नागरिकहरू

काठमाडौँ- गत फागुनमा काठमाडौँ पूरानो बानेश्वरकी शान्ता दाहाल (६५)ले कोभिड-१९ विरुद्धको कोभिशिल्डको पहिलो मात्रा खोप लगाइन् । दोस्रो डोज चार सातापछि दिइने बताइयो । तर, चार साता होइन छ महिना पुग्न लाग्दासमेत उनले दोस्रो डोज पाइनन् । दोस्रो डोज तत्कालै पाइएला भन्ने आश नै मारिसकेकी थिइन् ।
जापानले कोभ्याक्समार्फत दिएको अष्ट्राजेनिका खोप आएपछि भने ढिलै भएपनि उनीहरूले खोप पाएका छन् । उक्त खोप फागुनमा पहिलो डोज लगाएकालाई दिने सुनेपछि शान्ताले राहतको श्वास फेरिन् ।' लामो समयको पर्खाइमा बल्ल खोप पाएँ,' उनले भनिन्, 'खुसी लाग्यो ।'
पहिलो खोप लगाएको करिब छ महिनामा शान्ताले सोमबार खोप लगाइन् । खोपसँगै कोभिड महामारीलाई परास्त गर्ने आत्मविश्वास पनि उनले पाएकी छन्। 'पाँच महिनासम्म कोभिडबाट बचियो,' उनले भनिन्, 'अब त लागि हाले पनि बचिएला भन्ने विश्वास छ ।'
जापान सरकारको सहयोगले पहिलो डोज कोभिशिल्ड खोप लगाएकाले दोस्रो डोज खोप पाउने सुनिश्चित भएको छ । जापानले कोभ्याक्स अन्तर्गत १६ लाख खोप दिने घोषणा गरेसँगै मुलुकमा दोस्रो डोज लगाउन बाँकी रहेका मुहारमा खुसीको आभा झल्कन थालेको खोप केन्द्रमा भेटिएकी शान्ताको बताइरहेको थियो
सरकारले खरिद गरेर ल्याउन लागेको भनिएको उक्त खोपको अहिलेसम्म कुनै सुनिश्चितता छैन । खरिदको अनिश्चितताको बीच जापानले खोप उपलब्ध गराएपछि खोप प्राप्त गर्नेहरूले जापान सरकार र जापानी जनतालाई धन्यवाद दिएका छन् । उनीहरूले भारतलाई भने निकै गाली गरेको खोप केन्द्र पुग्दा देखियो । छिमेकसँग सबै थोकमा किन यस्तो गर्छ भारतले भन्दै जेष्ट नागरिकमा भारतप्रति आक्रोस देखिन्थ्यो ।
खोप लगाउन बिहान ११ बजे देखि लाइनमा बसेकी थिइन् शान्ता । एक घण्टा लाइनमा बसेपछि उनको पालो आयो । जापानबाट आएको खोप हुनाले खोपप्रति उनको विश्वास छ । शान्तासँगै आएका श्रीमानले पनि खोप लगाए । परिवारमा छोराबुहारीले खोप लगाइसकेका छन् । उनको परिवारमा खोप लगाउन योग्य सबैले खोप लगाएका छन् ।
भिमसेन गोलाका ६८ वर्षीय गोविन्द श्रेष्ठले पनि खोप लगाए । ९ बजेदेखि लाइनमा बसेका उनले मध्यान्ह १२ मात्र उनले खोप पाए । तर, उनको अनुभुति शान्ताको भन्दा फरक छ ।
कोभिडविरुद्धको दोस्रो डोज लगाउन छ महिनासम्म कुर्नुपर्दा सरकार जनताप्रति गम्भीर नभएको उनले आरोप लगाए । 'जनतालाई कोभिडबाट सुरक्षित राख्न सुरुमा खोपको व्यवस्था गर्नुपर्ने थियो,' उनले भने,' भारतमा खरिद गरिएको खोप रोकिएपछि दोस्रो डोज लगाउनबाट हामी वञ्चित भइएको थियो । भारतले समयमा खोप दिएको भए लामो समयसम्म कुर्नुपर्दैन थियो ।'
'विभिन्न मुलुकले कोभिड महामारीमा सहयोग नगरेको भए तत्कालै हामीले खोप पाउने अवस्था थिएन,' उनले भने,' ढिलो भए पनि दोस्रो मात्रा खोप पाएका छौ । खोप लगाउन बाँकी रहेका सम्पूर्ण आम नागरिकलाई खोप दिलाउन सकेमा मात्र सुरक्षित हुनेछन् ।'
खोपकेन्द्रमा खोप लगाउन आउनेले जनस्वास्थ्यको मापदण्ड पालना नगरेकोप्रति उनले गोविन्दले गुनासो गरे । उनको परिवारमा सबैले खोप लगाइसकेका छन् । परिवारका अन्य सदस्यले भेरोसेल र जोनसन एण्ड जोनसनको खोप लगाइसकेको उनले जानकारी दिए ।
कोभिडविरुद्धको दोस्रो खोप लगाएपछि कोभिडबाट थप सुरक्षित हुने आशा पलाएको शुशीला श्रेष्ठ बताउँछिन् । सरकारले ढिलो भए पनि खोप उपलब्ध गराएकोमा खुसी लागेको उनले बताइन् ।
'घरमा २० वर्ष मुनिका नातिनातिनाहरूले खोप लगाएका छैनन,' उनले सबै नागरिकलाई खोप लगाउन पाउने पर्दै भनिन,' सरकारले ज्येष्ठ नागरिकले मात्र खोप लगाएर हुँदैन । कम उमेर समूहकाले लगाएमा मात्र पनि कोभिडबाट धेरैलाई सुरक्षित राख्न सकिन्छ ।'
सरकरले तीन वटा प्रदेशबाट आजदेखि कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई अष्ट्राजेनिकाको खोप लगाउन सुरु गरेको छ । कोभिशिल्डको पहिलो मात्रा लगएका करिब १४ लाख ज्येष्ठ नागरिक अष्ट्राजेनिकाको खोपबाट लाभ पाउने भएका छन् ।
भुटान र जापानले अष्ट्राजेनिकाको खोप उपलब्ध गराएपछि कोभिशिल्डको पहिलो मात्रा लगाएर बसेकालाई खोप लगाउन थालेको हो । भुटानले करिब तीन लाख दिइसकेको र जापानले १६ लाख दिने घोषणा गरेको थियो । जसममध्ये शनिबार मात्र पाँच लाख ८० हजार खोप आयात भएको थियो ।

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

प्रतिक्रिया