समिताले किन छाडेकी थिइन् ‘लगान’ ?

मुम्बई: शिल्पा सेठ्ठीकी बहिनी समिता सेठ्ठीले सन् २००० मा रिलिज भएको फिल्म ‘मोहब्बतें’बाट डेब्यु गरेकी थिइन् । यशराज चोपडाले बनाएको फिल्ममा अमिताभ बच्चन, शाहरुख खान, ऐश्वर्या राय आदि कलाकारको अभिनय रहेको थियो । समिता फिल्ममा उदय चोपडाको अपोजिटमा देखेकी थिइन् ।
तर, जुन समय समिताले ‘मोहब्बतें’बाट डेब्यु गर्ने निर्णय गरेकी थिइन् सोही समयमा उनले ‘लगान’मा आमिर खानको अपोजिटमा काम गर्ने अफर पाएकी थिइन् । तर, उनले यो अफर इन्कार गरेकी थिइन् । समिताले यो खुलासा गरेकी हुन्, नेहा धुपियाको च्याट सोमा । समिताका अनुसार उनलाई एकै समय ‘मोहब्बतें’ र ‘लगान’बाट अफर आएको थियो ।
समिता दुवै फिल्म गर्न ईच्छुक पनि थिइन् तर दुवैको सुटिङ एकै समय सुरु हुने समस्या आइलाग्यो । दुईमध्ये एक रोज्नु पर्दा उनले ‘मोहब्बतें’ रोजेको र आफूलाई यसमा पछुतो नभएको बताइन् । समिताले नमानेपछि यो फिल्ममा ग्रेसी सिंहले मौका पाएकी थिइन् । त्यसयता समिताले ‘जहर’, ‘मेरे यारकी शादी है’ जस्ता फिल्ममा अभिनय गरे पनि धेरै चर्चा पाउन सकिनन् । पछिल्लो समय भने समिता टेलिभिजनका रियालिटी सोमा देखिने गरेकी छिन् ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया