मठमन्दिरको भिडले पनि बढ्यो कोभिड संक्रमणको जोखिम

कैलाली- कोभिड संक्रमणको तेस्रो लहरको त्रासकैबीच स्वास्थ्य मापदण्ड तथा सावधानीसमेत नअपाउँदा जोखिम बढिरहेको छ। सरकारले कुनै पनि खालका भिडभाड नगर्न आग्रह गरे पनि त्यसलाई वास्ता नगर्दा जोखिम बढिरहेको हो । अहिले साउन महिना । हिन्दु महिलाहरूले शिव भगवानको पुजा आजा गरेर धुमधामका साथ मनाइरहेका छन् । पशुपतिलगायत ठूला शक्तिपीठ बन्द भए पनि देशका अन्य मठमन्दिरहरू भने खुला नै छन् ।
श्रावण महिनाको सोमबार शिवालयमा भक्तजनको उपस्थिति अन्य दिनको तुलनामा निकै बढी नै हुन्छ । सोमबार त्यस्तै भिडभाड कैलालीको धनगढी उपमहानगरपालिका १६ उर्मामा रहेको बेहडाबाबा मन्दिरमा पुजाआजा गर्न आउनेहरुको देखियो ।
न कुनै सुरक्षाको मापदण्ड थियो । न, त मन्दिर व्यवस्थापनबाट सुरक्षाको मापदण्ड अपनाइएको पाइयो । भक्तजनहरू बिना मास्क सामाजिक दुरी कायन नै नगरी पुजाआजा गर्नमा व्यस्त देखिन्थे। धनगढी ५ बाट स-परिवार पुजाआजा गर्न बेहडाबाबा पुगेका धर्मराज जोशीले आफूले लाइनमा नबसी मन्दिर बाहिर घुमेर फर्केको बताए ।
जोशी मात्रै होइन बेहडाबाबा दर्शन गर्न पुगेकाहरु मन्दिर व्यवस्थापन समितिले सामाजिक दुरी कायम नगरी मन्दिरमा पुजाआजा गर्न मन्दिर खुला गरेकोमा आपत्ति जनाइरहेका थिए । बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका सचिव पदमराज जोशीले भक्तजनहरू धेरै हुँदा व्यवस्थापनमा कठिनाइ भएको स्वीकारे ।
त्यस्तै धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीमा रहेको शिवपुरी धाममासमेत आज भक्तजनहरुको भिड लागेको थियो । बेहडाबाबामा जस्तै यहाँ पनि कोभिडलाई मध्यनजर गर्दै कुनै पनि सावधानी अपनाइएको थिएन । भक्तजनहरु विना मास्क सामाजिक दुरी कायम नगरी लामबद्ध थिए ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र कैलालीका अध्यक्ष एवम् सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले अहिलेनै मठ मन्दिरहरूमा पुजारी बाहेक अन्यलाई पुजाआजा गर्न खुला नगरिएको बताए । उनले आफूलाई समेत मन्दिरहरुमा भिडभाड बढेको जानकारी आएको बताउँदै त्यसलाई नियन्त्रण गर्न तर्फ छलफल गर्ने बताए ।

दोस्रो संस्करणको सीप मेलाका लागि आठ वटा तालिम थप

डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन

प्रहरी सहायक निरीक्षक शेर्पाले चुमिन सगरमाथाको शिखर

शिक्षा उप समितिको प्रतिवेदनमा शिक्षक महासंघको आपत्ति, अध्यक्ष भन्छन्, ‘सहमति लत्य…

‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार

आज पनि कर्णाली र सुपबाहेक अन्य प्रदेशमा पानी पर्ने

प्रतिक्रिया