अविश्वास प्रस्ताव फिर्ताको माग गर्दै लुम्बिनीका एमाले सांसद सर्वोच्चमा

बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सत्ता पक्षीय सांसद सर्वोच्च अदालत पुगेका छन् । प्रदेश सभामा दर्ता अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सत्ता पक्षीय सांसद सर्वोच्च अदालत पुगेका हुन् । सांसद लिला गिरीलगायत रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।
सरकारका प्रवक्ता बैजनाथ चौधरीले काठमाडौंमा रहेका सत्तापक्षका सांसदहरू रिट लिएर सर्वोच्च पुगेको जानकारी दिए । ‘काठमाडौंमा रहेका साथीहरू सर्वोच्च जानु भएको छ,’ उनले भने, ‘सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाइने भएकाले दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गरिने छ ।’
यसअघि आइतबार प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेको विशेष अधिवेशन रोक्न माग गर्दै सरकारपक्षीय एक कानून व्यवसायीले दायर गर्न लागेको रिट सर्वोच्चले दर्ता गर्न अस्वीकार गरेको थियो । विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च पुगेका अधिवक्ता प्रवेश केसीको रिट दरपीठ भएपछि फेरि सत्तापक्षीय सांसदहरू आफैं सर्वोच्च पुग्ने भएका हुन् ।
मुख्यमन्त्री शंकर पोख्रेल पनि काठमाडौं भएकाले उनकै निर्देशनमा सांसदहरू सर्वाेच्च पुगेको नेकपा एमालेले जनाएको छ । संविधानको धारा १६८(१) अनुसार बहुमत प्राप्त दलको नेताका रूपमा मुख्यमन्त्रीमा पुनर्नियुक्ति भएकाले शंकर पोखरेलविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने उनीहरूको दाबी छ ।
सर्वोेच्चको यो बाटो पनि बन्द भएमा मुख्यमन्त्री पोख्रेलले संसद्को सामना गर्नुपर्ने देखिन्छ । यसअघि सत्ता जोगाउन हर्कत पनि सफल नभएपछि सर्वोच्चको शरणमा पुगेको विपक्षीले आरोप लगाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदको हस्ताक्षरसहित साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वासको प्रस्तावमाथि साउन २७ गतेका लागि आह्वान गरिएको प्रदेश सभाको विशेष अधिवेशनमा छलफल हुँदैंछ । तर अधिवशेनअगावै अदालत पुगेर रोक्ने तयारीमा सरकार-पक्ष पुगेको हो ।
अविश्वासको प्रस्तावमाथिको छलफलका लागि विपक्षी दलले दिएको समावेदनका आधारमा प्रदेश प्रमुख शेरचनले साउन २७ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका छन् । विशेष अधिवेशनमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल हुने भएकाले त्यसलाई छल्न सर्वोच्चको साथ लिन खोजेको विपक्षी दलको आरोप छ । संसदखमा कायम रहेको संख्या ८० मा सरकारको पक्षमा ३८ जना सांसदहरू मात्र छन् ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया