चन्द्रागिरी हिल्सको घाटा बढ्यो

काठमाडौँ – चन्द्रागिरी हिल्स लिमिटेडको घाटा बढेको छ । आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिकमा चन्द्रागिरीको घाटा पाँच करोड ५७ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो त्रैमासिकमा (३१ मार्चसम्म) यस्तो घाटा दुई करोड ८१ लाख ५५ हजार रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकमा चन्द्रागिरी हिल्स आठ करोड ७० लाख ३२ हजार रुपैयाँ नाफामा थियो ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण कम्पनीको व्यावसायिक गतिविधि तथा क्रियाकलापमा प्रत्यक्ष असर पारेको कम्पनीले जानकारी दिएको छ । सरकारबाट गत बैशाख १६ बाट कोभिड-१९ को दोस्रो लहर नियन्त्रण तथा रोकथामका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि सम्पूर्ण आर्थिक प्रशासनिक क्रियाकलाप ठप्प रह्यो ।
समीक्षा अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल आय आर्जनमा ४७ प्रतिशतले ह्रास आयो । जुन पूर्णतया कोभिड-१९ का कारणबाट परेको प्रत्यक्ष प्रभावको परिणाम रहेको उल्लेख छ ।
यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी पनि ऋणात्मक नै छ । यसको प्रति सेयर आम्दानी १६.५५ रुपैयाँ ऋणात्मक छ । गत ३१ मार्चसम्म यसको प्रति सेयर आम्दानी ११.८१ रुपैयाँ ऋणात्मक नै थियो ।

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

प्रतिक्रिया