पौडेल पक्षको जिल्ला सभापतिहरूको भेला जारी, ४७ जना सहभागी भएको दाबी

काठमाडौँ - नेपाली कांग्रेसको पौडेल पक्षका जिल्ला सभापतिहरूको बैठक सुरु भएको छ । ठमेलस्थित होटल यात्रीमा बिहान १० बजेबाट जिल्ला सभापतिहरूको भेला सुरु भएको नुवाकोटका सभापति जगदीशनरसिंह केसीले जानकारी दिए ।
भेलामा ४७ जना सहभागी भएको केसीले दाबी गरे। ३५ जना भौतिक रूपमा र १२ जना भर्चुअल रूपमा बैठकमा सहभागी भएको उनको दाबी छ । उनले आजको बैठक साँझ पाँचसम्म चल्ने र भोलि पनि बैठक बस्ने जानकारी दिए । 'भेला सुरु भएको दुई घण्टा भयो,’ उनले भने, ‘भेलामा ४७ जनाको सहभागिता छ । ३५ जना भौतिक रूपमा र १२ जना भर्चुअल रूपमा उपस्थित हुनुहुन्छ ।’
आजको बैठकमा केन्द्रीय सदस्यहरू पनि सहभागी छन् । क्रियाशील सदस्यता विवाद टुंगो नलागेर समयमा महाधिवेशन नहुने भएछि आगामी रणानीति तय गर्न पौडेल पक्षले सभापति बैठक बोलाएको हो । आजै बिहानमात्रै समयमै महाधिवेशन गर्न नसकेको भन्दै सभापति शेरबहादुर देउवाको आलोचना गरेका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया