गजल घरभित्र जुवातास खेल्ने १२ जना पक्राउ

विराटनगर- गजल घरभित्र जुवातास खेलेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१२ स्थित संगम गीत गजलमा प्रहरीले २ लाख ३१ हजार २४० रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार पक्राउ पर्नेमा विराटनगर-११ का विरेन सहनी, राजन पौदार, अजय सहनी र सन्तोष कार्की, विराटनगर-१२ का राहुल सहनी र विमल मुखिया, विराटनगर-२ का भुवन कालाखेती र दिनेश सत्रा, विराटनगर-८ का सुवोध पासवान, विराटनगर-१४ का बलबहादुर कोइराला, विराटनगर-६ का रन्जित सिंह र कटहरी गाउँपालिका-१ का सवध नारायण चौधरी रहेका छन् ।
पक्राउ परेका उनीहरूलाई आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा म्याद थप गरी जुवा ऐन २०२० को कसुर अनुसार कारवाही अघि बढाइएको जनाइएको छ ।

ऐतिहासिक चण्डी बजारको संरक्षण
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_pmd6VlafD5_i91xdmvhfyacjfsjnzgozamcckxkltylasddqhqczq4qxhxdcnscuuahrcpn_cN4NbDBDsj_5hjj3ghewdbvd9sbjjt7osc57ej4iwc0g9byxftob69pxmctgcy61abhdxaj.jpg)
घरेलु विवाद हुँदा गोली प्रहार, अर्चनाको मृत्यु

सुनसरीमा पानी नपर्दा सुक्यो धानको ब्याड

ढिला अस्पताल लैजाँदा सुत्केरीको बाटोमै गयो ज्यान

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_6dm3zfkYHc_30v3hru7st1vji1m0wppnutswjbnuw7wuo73g4uo5xykhwjm3ilt4xqllvqk.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

प्रतिक्रिया