मदन आश्रित स्मृति पार्कको डीपीआर बनाउन १४ कम्पनी छनाेट

काठमाडौं : पर्यटन विभागले दासढुंगामा मदन आश्रित स्मृति पार्क निर्माण प्रक्रिया अघि बढेको छ । विभागले पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि १४ कम्पनीलाई छनोट गरेको हो । मदन भण्डारी फाउण्डेशन चितवनको संयोजन र वागमती प्रदेश सरकारको सहयोगमा दासढुङ्गादेखि गोलाघाटसम्म एकीकृत विकासको अवधारणा अघि सारिएको थियो ।
२०५० साल जेठ ३ गते हालको भरतपुर महानगरपालिका वडा नं २९ दासढुङ्गामा उनीहरु चढेको जीप दुर्घटना हुँदा दुवैजनाको मृत्यु भएको थियो । निधन भएको केही वर्षपछि मदन–आश्रित स्मृति विश्रामस्थलको नाममा एउटा समिति बन्यो । समितिको अध्यक्ष बनेका जागृतप्रसाद भेटवालको गत वर्ष निधन भयो । सो समितिले दुर्घटनास्थलभन्दा उत्तरतर्फ रहेको स्वर्गीय सूर्यबहादुर मास्केको करिब दुई विगाहा जग्गा १० लाख रुपैयाँमा किन्यो र त्यहाँसम्म पुग्ने सडक बनायो । शालिक रहेको स्थानमा सामान्य जाली लगाउने बाहेक अरू काम भएको थिएज ।
डीपीआरका लागि छनोट हुनेमा एनोट-पारागन-जीएनडीए जेभी, बीडीए-जीई-इन्क्लुसिभ जेभी, बीडीए-रेकन जेभी, विशालनगर, कार्ड-एसएटीएइसी-यूपीडीसीएन जेभी, डीजीकन-सीयास-टेक्नो जेभी,इडब्लूइएस-जीइसी-जियो जेभी, जीओकम-नेस्ट-एडीए जेभी, जीओइसी(डब्लूइकेआइ-केइसी जेभी, ग्रीड(श्रेष्ठ-रानी जेभी, मइएच-आरआइडीसी-जीइएस, मल्टी-डीइ फोर्ट-इडीसी जेभी, आरएएएस-एडएमसी(जीडीएस जेभी, राजदेवी-सीटूटेक-गीडान जेभी र सितारा-इकोकोड-फूल ब्राइट जेभी छन् । उनीहरुसँग रिक्वेस्ट फर प्रपोजल मागिएको विभागले जानकारी दिएको छ ।
गुरुयोजनाअनुसार दासढुङ्गामा हाल मदन–आश्रितको अर्धकदको शालिक भएको ठाउँभन्दा माथिको डाँडालाई पर्यटकीय आकर्षक केन्द्रविन्दु बनाइँदैछ । सो ठाउँमा यसअघि नै नेपाल सरकारले ३६ कट्ठा जग्गा खरिद गरिसकेको छ । थप नम्बरी ३३ कट्ठा र ऐलानी १८० कट्ठा खरिद गरी आवश्यक संरचना निर्माण गरिने योजना छ ।
यो ठाउँमा सङ्ग्रहालय, नीतिगत अनुसन्धान केन्द्र, तालिम केन्द्र, आवास भवन, कार्यालय भवन, चमेनागृहलगायत संरचनासँगै भिरालो सो क्षेत्रमा आकर्षक पार्क बनाइने विभागको योजना छ । जहाँबाट रमणीय त्रिशूली नदी, देवघाटलगायत क्षेत्र देख्न सकिन्छ ।
दासढुगांबाट गोलाघाटसम्मको त्रिशूली र नारायणी नदी किनारको ४६ किलोमिटर भागलाई तटबन्धसहितको आकर्षक सडक निर्माण गरिँदैछ । गुरुयोजनाअनुसार नदी वारिपारि नै संरचना निर्माण गरिनेछ । देवघाट क्षेत्र विकास समितिसँग सहकार्य गरेर सो क्षेत्रलाई धार्मिक पर्यटनस्थलका रुपमा विकास गर्ने गरी संरचना बनाइनेछ ।
दियालो बङ्गाला क्षेत्रमा उद्यानसहित सांस्कृतिक केन्द्र निर्माण गरिनेछ ।

आज बागमती प्रदेशमा सार्बजनिक बिदा

आज कुन-कुन प्रदेशमा पानी पर्दैछ?

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

मुग्लिनमा मापसे गरेका चालकले बस एकआपसमा ठोक्काए, प्रहरीले लियो नियन्त्रणमा

२५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी
_dFhR7ZzbOe_nzzcejongiwyxgvqjfrhtywapllf6fz2m166326sv2wepmifeccwdtjtbmik_MkodJC9AJa_n5futknfq1caehfyflxaod0tgepg8dz0qrfdqm92b6ox73lrbaqrcow0z5ek.jpg)
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा नेपाललाई ऐतिहासिक सफलता, डा मल्लले …

एउटै आमाको कोख, एउटै बाबुको सपना : जो छन् प्रहरीको नेतृत्वमा

प्रतिक्रिया