लुम्बिनीका प्रदेश प्रमुखविरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार
प्रदेशसभाको विशेष अधिवेशन बस्ने बाटो खुल्यो

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावको लागि आह्वान गरिएको प्रदेश सभाको विशेष अधिवेशनविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते मुख्यमन्त्री पोखरेलविरुद्ध परेको अविश्वासको प्रस्तावमा छलफलको लागि विशेष अधिवेशन आह्वान गरेका थिए । उक्त अधिवेशन रोक्न माग गर्दै अधिवक्ता प्रवेश केसी रिट लिएर सर्वोच्च पुगेका थिए । सर्वोच्चले असम्बन्धित व्यक्ति रिट लिएर आएको भन्दै दर्ता गर्न अस्वीकार अर्थात दरपीठ गरेको हो ।
मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले अविश्वासको प्रस्ताव सहित समावेदन गरेका थिए । सोही आधारमा प्रदेश प्रमुख शेरचनले साउन २७ गतेलाई विशेष अधिवेशन आह्वान गरेका हुन् ।
सर्वोच्चले विशेष अधिवेशनविरुद्धको रिट दरपिठ गरिदिएपछि प्रदेश सभाको अधिवेशन बस्ने बाटो खुलेको छ । विशेष अधिवेशनमा मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुनुका साथै मतदान समेत हुनेछ ।
लुम्बिनी प्रदेशसभामा हाल कायम ८० सांसदमध्ये मुख्यमन्त्री पोखरेलको दल नेकपा एमालेसँग ३८ सांसद मात्रै छ्न । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जना सांसद छन् ।
विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गरेको छ ।
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

प्रतिक्रिया