गजल घरभित्र जुवा खेल्ने १२ जना पक्राउ

विराटनगर - गजल घरभित्र जुवा तास खेलेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित संगम गीत गजलमा प्रहरीले छापा मार्दा २ लाख ३१ हजार २४० रुपैयाँ नगदसहित उनीहरुलाई पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार, पक्राउ पर्नेमा विराटनगर–११ का विरेन सहनी, राजन पौदार, अजय सहनी र सन्तोष कार्की, विराटनगर–१२ का राहुल सहनी र विमल मुखिया, विराटनगर–२ का भुवन कालाखेती र दिनेश सत्रा, विराटनगर–८ का सुवोध पासवान, विराटनगर–१४ का बलबहादुर कोइराला, विराटनगर–६ का रन्जित सिंह र कटहरी गाउ“पालिका–१ का सवध नारायण चौधरी रहेका छन् ।
पक्राउ परेका उनीहरुलाई आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा म्याद थप गरी जुवा ऐन २०२० को कसुर अनुसार कारवाही अघि बढाइएको जनाइएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया